PahiloPost

Aug 23, 2017 | ७ भदौ २०७४

फ्रान्सको संसदीय निर्वाचनमा म्याक्रोँको दललाई बहुमत


रासस/पहिलोपोस्ट

फ्रान्सको संसदीय निर्वाचनमा म्याक्रोँको दललाई बहुमत
फोटो श्रोतः
पेरिसः फ्रान्समा राष्ट्रपतिमा एम्मानुएल माक्रोँको मध्यपन्थी दल ‘ला रिप्युब्लिक आँ माश’ (रिपब्लिक अन द मुभ) ले स्थापनाको १४ महिनामा नै भएको संसदीय निर्वाचनमा अत्यधिक बहुमतका साथ विजय हासिल गरेको छ। माक्रोँको दल नयाँ खोलिएको भएकाले यसअघि संसद्मा कुनै प्रतिनिधित्व नै रहेको थिएन। 

राष्ट्रपतिमा निर्वाचित भएको केही हप्तापछि नै उनको दलले फ्रान्सको ५७७ सीट भएको राष्ट्रिय सभामा ३५० सीट जितेको छ। श्रम कानूनको सुधार आफ्नो उच्च प्राथमिकतामा पर्ने म्याक्रोँले यसअघि नै अर्थात् राष्ट्रपति निर्वाचनका समयमा नै बताएका थिए। 

फ्रान्सको चुनावमा यहाँकासाह्रै न्यून अर्थात् ४४ प्रतिशत नागरिकले सहभागिता जनाएका थिए। यसले माक्रोँसँग अब आफ्ना सुधारका योजना लागू गर्न आवश्यक समर्थन संसद्मा प्राप्त भएको छ तर केही युनियन नेताहरुले त्यसविरुद्ध लड्न आफूहरु तयार रहेको बताएका छन्। 

निर्वाचनमा चरम दक्षिणपन्थी नेतृ मारिन ले पेनले पहिलो पटक जित हाँसिल गर्नुभए पनि फ्रान्सका परम्परागत दक्षिणपन्थी तथा वामपन्थी दलहरुलाई निर्वाचन नतिजाले निरास बनाएको छ।

ले पेनको दलले संसदमा पन्ध्र सीट पाउने आशा रहेकोमा जम्मा आठ सीट हाँसिल गरेको छ। जितसँगै अब संसद्मा करिब ६० प्रतिशत सदस्य रिपब्लिक अन द मुभका हुनेछन् र प्रमुख विपक्षी मध्य दक्षिणपन्थी पार्टीको संसद्मा २० प्रतिशतको हाराहारीमा नियन्त्रण हुने देखिन्छ।
 
संसदीय चुनावको परिणामलाई छ हप्तायता फ्रान्सले आफ्ना राजनीतिक संरचनाहरुमा बेहोरेको अर्को विजय आमूल परिवर्तन भएको भन्दै यहाँको एक दक्षिणपन्थी समूहप्रति झुकाव रहेको पत्रिका ले फिगारोका सम्पादक अलेक्सी ब्रेजेटले ३९–बर्षिय म्याक्रोँ र उनको भर्खरै स्थापना भएको दललाई शुभकामना दिएका छन्। उनले जीत विश्वयुद्धपछिको अत्यधिक बहुमत भएको बताए।
 
तर पहिलो पटक राष्ट्रपति चुनावमा सहभागी हुँदा नै विजयी भएका माक्रोँसँग अब अहिलेसम्म परीक्षण नभएका वा हतारमा छनोट गरिएका सांसद्हरुको समूह विजयी भएर आएको छ। यो समूहलाई लिएर अघि बढ्ने क्रममा उनको दलले थुप्रै चुनौतिको सामना भने गर्नुपर्ने हुनेछ किनकि विपक्षी दलसँग नयाँ नेतृत्वलाई चुनौति दिने थुप्रै कार्यक्रम रहेका छन्। 

यद्यपि विगतमा संसद्मा नियन्त्रण कायम गरेका शक्तिशाली वामपन्थी र दक्षिणपन्थी शक्तिहरुले अहिले निकै सानो प्रतिनिधित्व पाएको छ। 

तर त्यसविरुद्ध संसद्भित्रबाट नभई बाहिरबाट चुनौती आइलाग्न सक्छ किनभने केही श्रम संगठनका नेताहरुले आफूहरु उक्त योजनाविरुद्ध संघर्ष गर्न तयार भएको बताउँदै आएका छन्। 

संसद निर्वाचनमा पाएको शानदार समर्थनपछि राष्ट्रपति म्याक्रोँले सरकारमा सामान्य परिवर्तन गर्ने तयारी गरेका छन्। रासस/ एएफ्पी/एपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal