PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

टेबलटेनिस खेलाडी स्वेच्छाले खोलिन् 'ज्वेलरी सप'



पहिलोपोस्ट

टेबलटेनिस खेलाडी स्वेच्छाले खोलिन् 'ज्वेलरी सप'
फोटोहरु : कौशल अधिकारी

काठमाडौं : टेबलटेनिसका राष्ट्रिय खेलाडी स्वेच्छा नेम्वाङले  गहना व्यावसाय सुरु गरेकी छिन्। नवौ र दशौँ दक्षिण एसियाली खेलकुद सागमा टिम इभेन्ट्समा कास्य पदक जितेकी स्वेच्छाले मुना गुरुङसँग मिलेर ज्वेलरी विजनेस सुरु गरेकी हुन्।

सोमबार काठमाडौं महानगरपालिका पुरानो बानेश्वरमा शौभाग्य ज्वेलर्स नामक गहना पसलको औपचारिक उद्घाटन भएसँगै उनी खेलाडीसँगै गहना व्यासायी समेत बनेकी हुन्।

नेपाली टेबल टेनिस जगतका चर्चित  खेलाडी स्वेच्छाले खेलसँगै व्यापार व्यवसाय गर्ने उदेश्यले गहना पसल संचालनमा ल्याएको बताइन्।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, संघकै निवर्तमान  अध्यक्ष तथा ओलम्पियन दिपक बिष्ट, ओलम्पियन फुपूल्हामु खत्री, नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठले रिबन काटेर गहना पसलको उद्घाटन गरेका थिए।

स्वेच्छाले संचालनमा ल्याएकी गहना पसलमा स्वदेशी तथा बिदेशी गुणस्तरीय गरगहना सहज रुपमा उपलब्ध हुने छ। उक्त पसलमा सुन, चाँदी, हिरा, मोती, पत्थरलगायतका गरगहना अर्डर बमोजिम बनाउन सकिने छ।

यस्तै पसलमा रेडिमेड स्वदेशी तथा बिदेशी गहना पाइनुका साथै पुराना गहना एक्सचेन्ज गर्ने व्यवस्था पनि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell