PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एलिशा राईको नयाँ म्युजिक भिडियो 'मायामा रियाक्शन'



पहिलोपोस्ट

एलिशा राईको नयाँ म्युजिक भिडियो 'मायामा रियाक्शन'

काठमाडौं: ठमेल बजार बोलको गीतमा प्रस्तुत भएपछि चर्चामा रहेकी एलिशा राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। महेन्द्र भण्डारी र रेश्मा पुनको गायन रहेको गीतको भिडियोमा उनको फिचरिङ रहेको हो।

भिडियोमा उनीसँगै जेम्स बिसीलाई पनि देख्न सकिन्छ। 'मायामा रियाक्शन' बोलको गीत भिडियो सहित आइतबार युट्युबबाट सार्वजनिक भएको हो। गीतमा भिम बिसीको शब्द र संगीत रहेको छ।

क्रान्ति केसीको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। भिडियोलाई निर्देशक केसीले नै सम्पादन गरेका हुन्।

हेर्नुस् म्युजिक भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell