PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नकारात्मक हल्लाबीच सुदर्शन थापाको सकारात्मक पोस्ट, होला त दुई फिल्मको स्वस्थ प्रतिस्पर्धा?



पहिलोपोस्ट

नकारात्मक हल्लाबीच सुदर्शन थापाको सकारात्मक पोस्ट, होला त दुई फिल्मको स्वस्थ प्रतिस्पर्धा?

काठमाडौं: 'प्रेमगीत २' र 'म यस्तो गीत गाउँछु'लाई प्रतिस्पर्धी फिल्म भन्दै आइएको छ। २०७२ मा एउटा टिम बनेर फिल्म ‘प्रेमगीत’ बनाए सुदर्शन थापा र सन्तोष सेनले। सेनको निर्माणमा थापाले निर्देशन गरेको फिल्म प्रदर्शन लगत्तै टिम फुटेको हल्ला चल्यो। गसिपको विषय बनेको प्रेमगीत युनिटको खबर निर्देशक र निर्माताले छुट्टा छुट्टै फिल्म घोषणापछि पुस्टि भयो।  

निर्माता सन्तोष सेनले प्रेमगीत अभिनेता प्रदिप खड्का लिएर 'प्रेमगीत २' र निर्देशक थापा र अभिनेत्री पूजा शर्माले 'म यस्तो गीत गाउँछु' बनाउने भए। दुबै फिल्म प्रि- प्रोडक्शनको काम देखिनै प्रतिस्पर्धी ढङ्गबाट अघि बढ्यो। स्वस्थ प्रतिस्पर्धा बाहेक, अन्तर्वाता र सामाजिक सञ्जालहरुमा एकअर्कालाई सटाएर गर्ने क्रम जारी रह्यो।

फिल्म प्रदर्शनको नजिक आउँदा दुबै पक्षले प्रचार प्रसार तिब्र बनाएको छ। दर्शकले नै प्रेम गीत २ र मयस्तो गीत गाउँछुलाई अस्वस्थ प्रतिस्पर्धी फिल्म मानिरहँदा निर्देशक सुदर्शन थापा सकारात्मक रुपमा प्रस्तुत भए। सुदर्शन थापाले सोमबार सार्वजनिक ‘प्रेमगीत २’को ट्रेलर सियर गर्दै सेनको टोलीलाई शुभकामना व्यक्त गरे। उनले आफ्नो फेसबुक पोस्टमार्फत शुभकामना व्यक्त गरेका हुन्।

 



'प्रेमगीत २' आउँदो साउन १६ गते र 'म यस्तो गीत गाउँछु' असार ३० गते प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell