PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मल्टी ट्यालेन्टटेड सारा- आफै गर्छिन् अभिनय निर्देशन र सम्पादन, हेर्नुस् फोटो



मल्टी ट्यालेन्टटेड सारा- आफै गर्छिन् अभिनय निर्देशन र सम्पादन, हेर्नुस् फोटो

  • समर्थ रञ्जित 
काठमाडौं : बानेश्वरकी सारा निखिल उप्रेतीको निर्माण र रामजी लामिछानेको निर्देशनमा बनेको फिल्म 'रुद्र'बाट नवअभिनेत्रीको रुपमा देखा पर्दैछिन्। उनले डेब्यु नायक मोडल विश्वसँग फिल्ममा जोडी बाध्न लागेकी हुन्।

युकेमा सिए कोर्स गर्न गएकी साराको रुचि आफ्नो पढाइमा मात्र नभएर म्युजिक भिडियोमा पनि रह्यो। साराको म्युजिक भिडियोमा देखिनु मात्र सोख बनेन। उनले भिडियो सम्पादन र निर्देशनमा पनि चाख राखिन्। निर्देशन र सम्पादनको लागि उनले युकेमै वर्कशप गरेकी थिइन्। पढाइसँगै मोडलिङ र मोडलिङ्सँगै विभिन्न गीतको म्युजिक भिडियो निर्देशन एवं सम्पादन आफैंले गरेको उनको दाबी छ।

सारा सन् २००८ मिस टिनकी फर्स्ट रनरअप हुन्। अध्ययनको लागि ५ वर्ष युके बसेकी उनी एकवर्ष अघि मात्र नेपाल आएकी हुन्। अडिशन मार्फत फिल्मका लागि उनी नै छानिएको भनिएपनि उनले फिल्मको ट्रेलर रिलिज कार्यक्रममा फिल्मका लागि आफ्नो नाम सिफारिस गरिदिएकोमा वितरक गोपाल कायस्थलाई धन्यवाद व्यक्त गरिन्।

हेर्नुस् मल्टी ट्यालेन्टटेड साराका फोटोहरु :












मामा 
मामाम






काठमाडौं:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell