PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

यू-१९ विश्वकप क्रिकेट छनोटका लागि १८ नेपाली खेलाडी छानिए



पहिलोपोस्ट

यू-१९ विश्वकप क्रिकेट छनोटका लागि १८ नेपाली खेलाडी छानिए
फोटो : विकेट नेपाल डट कम

काठमाडौं : 'आइसीसी यू-१९ विश्व कप छनोट- एसिया २०१७' को लागि १८ सदस्यीय नेपाली युवा टोलीको छनोट गरिएको छ।

गत सोमबार देखि शनिबारसम्म कीर्तिपुरस्थति टीयू मैदानमा भएको सुपर लिगको आधारमा खेलाडी छनोट गरिएको नेपाली टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आसिफ शेख लगायत खेलाडी खेलाडीहरु छनोटमा परेका छन्।

यसअघि ४० खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। त्यसैबाट आइसीसीका एसियन चिफ डेपलपमेन्ट अफिसर भेनकटापती राजु, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र र यू-१९ टिमका मुख्य प्रशिक्षक विनोद दास सम्मिलित छनोट समितिले १८ खेलाडी छानेका हुन्।

अब केही दिनको क्याम्पपछि १४ सदस्यीय अन्तिम टोली र ४ वैकल्पिक खेलाडीको टुङ्गो लगाइने विज्ञप्तीमा भनिएको छ।

 

छनोट भएका १८ खेलाडी

सन्दीप लामिछाने

अनिल कुमार शाह

किशोर महतो

सुशान्त सिंह थापा

विक्रम कुमार भुसाल

प्रकाश केसी

पवन सराफ

सन्दीप जोरा

रिजन ढकाल

प्रनित थापा मगर

शहाब आलम

रसिद खान

मोहम्मद आसिफ शेख

सन्दीप सुनार

ललित नारायण राजवंशी

रोहित कुमार पौडेल

आदिल खान

दीपेन्द्र सिंह ऐरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell