PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मोहम्मद आमिरको त्यो एक स्पेल जसले भारतलाई घुँडा टेकायो



पहिलोपोस्ट

मोहम्मद आमिरको त्यो एक स्पेल जसले भारतलाई घुँडा टेकायो

च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलार्इ जीतका लागि ३ सय ३९ को लक्ष्य थियो। रोहित शर्मा र शिखर धवनको जोडिलार्इ देखेर भारतीय पक्षले जीतको आशा गरेको थियो।

तर, पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरको सोचार्इ अर्कै थियो। चोटका कारण आमिरले सेमीफाइनलको प्रतिस्प्रर्धामा खेल्न पाएका थिएनन्। उनी यो प्रतिस्पर्धामा ठिक भएर मात्र आएनन् आफ्नो क्षमताले भारतिय टिमलार्इ घुँडा पनि टेकाएरै छोडे।

२४ वर्षिय आमिरले आफ्नो पहिलो ओभरमा नै भारकात स्टार ब्याट्सम्यान रोहित शर्मालार्इ एलबीडब्ल्यू आउट गरिदिए। त्यसपछी उनले अर्को ओभरमा कप्तान विराट कोहलीलार्इ चक्मा दिए। कोहलीको क्याच अजर अलीले लिए।

अर्को बलमा नै आमिरले विराट कोहलीलार्इ अफ स्टपको बाहिर हावामा खेल्नको लागि उक्साए। अन्तत: विराट कोहली ५ रन बनाएर पवेलियन फिर्ता भए।

तीन ओभरको समाप्तीपछि भारतको २ विकेटमा सात रन भयो।

तर, आमिर रोकिएनन् , उनी लय हासिल गर्ने कोसिसमा लागिरहे। शिखर धवनलार्इ विकेटको पछाडीबाट क्याचआउट गराए।

टुर्नामेन्टमा सबैभन्दा धेरै ३ सय ३८ रन बनाउने शिखर धवनले यस पटक २१ मात्र बनाउन सके। भारतले ३३  रन बनाउँदा ३ विकेट गुमार्इसकेको थियो।

आमिरले यस स्पेलमा ६  ओभर बलिङ गर्दै २ मेडन राखेर १६ रन मात्र दिएर ३ विकेट लिए।

उनको पहिलो स्पेलले त्योस्तो जादुर गर्‍यो की उनी दोस्रो स्पेल लिएर बिलङ गर्न जानै परेनन्।

मोहम्मद आमिर त्यही बलर हुन् जसलार्इ २०११ मा म्याच फिक्सिङको आरोपमा ५ वर्षको प्रतिबन्ध लगार्इएको थियो। सन् २०१६ मा उनले फेरी क्रिकेटको मैदानमा कमब्याक गरे।

त्यही इंगल्याण्डमा उनले आफ्नो करिअरको उत्कृष्ट बलिङ गरे जहाँ उनलार्इ फिक्सिङको दाग लगार्इएको थियो।

मोहम्मद आमिरले जुन सुरुवात दिलाए, त्यसले हसन अलीलाई सहयोग र्‍यो। दायँ हाते बलर अलीले टुर्नामेन्टकै सर्वाधिक १३ विकेट लिए।

फाइनल खेलमा हसन अलीले ६.२ ओभर बलिङ गर्दै १९ रन दिएर ३ विकेट लिए। उनले सबैभन्दा पहिले महेन्द्र सिंह धोनीलाई पवेलियन फर्काए। त्यसपछि रविचन्द्रन आश्विन र जसप्रित बुमराहलाई आफ्नो शिकार बनाए।

यी दुई तेज बलरसँगै १८ वर्षिय लेग ब्रेक स्पार शदाब खानको भूमिका पनि उत्कृष्ट रह्ययो।

भारतविरुद्ध उनी केही महँगा सावित भए तर उनले युवराज सिंहलाई खतरानाक बन्नुअघि नै पवेलियनको बाटो देखाए त्यसपछि केदार जादवको विकेट लिए।

मोहम्मद आमिरको तेज, हसन अलीको स्विङ तथा शदाब खानको स्पिनले भारतलाई १५८ रनमै अलआउट गरिदियो। भारत १८० रनले पराजित भयो, जुन आइसीसीको कुनै पनि टुर्नामेन्टको फाइनलमा सबैभन्दा बढी रन अन्तरको हार बन्यो।

बिबिसी हिन्दी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell