PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कन्फेडेरेसन कप : अन्तिम ८ मिनेटमा चिलीको दुई गोल, क्यामरुन पराजित



पहिलोपोस्ट

कन्फेडेरेसन कप : अन्तिम ८ मिनेटमा चिलीको दुई गोल, क्यामरुन पराजित

अन्तिम ८ मिनेट भित्र दुई गोल गर्दै चिलीले कन्फेडेरेसन कपमा विजयी सुरुवात गरेको छ। ओत्क्रिटिए स्टेडियममा भएको खेलमा चिलीले क्यामरुनलाई २-० ले पराजित गर्दै समूह बी मा ३ अंक झोडेको हो।

खेलको ८१ मिनेट सम्म दुई टोलीले कुनै गोल गर्न सकेका थिएनन्। तर अर्टुरो भिदालले हेडमार्फत गोल गर्दै चिलीलाई अग्रता दिलाए।

एड्वार्डो भर्गासले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि चिलीले २-० को हात पारेको हो। एलेक्स सान्चेजको प्रहार क्यामरुनी खेलाडीलाई लागेर डिफ्लेक्ट भएपछि भर्गासले गोल गरेका हुन्।

कन्फेडेरेसन कप अन्तर्गत आज समूह बी अन्तर्गत जर्मनी र अष्ट्रेलियाबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell