PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कन्फेडेरेसन कप  : पोर्चुगल र मेक्सिकोले बाँडे अंक



पहिलोपोस्ट

कन्फेडेरेसन कप  : पोर्चुगल र मेक्सिकोले बाँडे अंक

हेक्टर मोरेनोले खेलको अन्नत्यतिर गोल गरेपछि कन्पेडेरेसन कपमा मेक्सिकोले पोर्चुगलसँग बराबरी खेल्दै १/१ अंक बाँडेको छ।

पोर्चगुलले दुई पटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा खेल २-२ गोलको बराबरीमा सकिएको हो।

३५औं मिनेटमा रिकार्डो क्वरेस्माले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। तर त्यसको ७ मिनेटपछि ज्याभिएर हर्नान्डेजले मेक्सिकोका लागि पहिलो हाफमै बराबरी गोल फर्काए। ८६औं मिनेटमा सेड्रिक सोअरेसले गोल गरेपछि पोर्चुगलले २-१ को अग्रता बनाएको थियो। तर उक्त अग्रता पनि लामो समय टिक्न सकेन।

मोरेनोले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि मेक्सिको अंक खोस्न सफल भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell