PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि



पहिलोपोस्ट

भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

चिरपरिचित प्रतिद्वन्दी भारतलाई हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ।

आइतबार भएको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनको अन्तरमा पराजित गर्दै उपाधि जितेको हो।

यससँगै पाकिस्तानले समूह चरणमा बेहोरेको १ सय २४ रनको हारको बदला समेत लिएको छ।

इंगल्याण्डको ओभलमा भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले फखर जमनको शतक मद्दतमा ५० ओभर खेल्दै ३ सय ३८ रन बनाएको थियो।

जमनले १०६ बल खेल्दै १२ चौका र ३ छक्का प्रहार गरे। यस्तै ओपनर अजर अलीले ५९ रन जोडे। मोहम्मद हाफिजले ३७ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ५७ रन बनाए।

जवाफमा भारत  ३०.३ ओभरमा १ सय ५८ रनमै अलआउट भयो। भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधि ७६ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन। भारतलाई अलआउट गर्न पाकिस्तानका मोहम्मद आमिर र हसन अलीले ३-३ तथा सदाब खानले २-२ विकेट लिए।

प्रतियोगिताभर १३ विकेट लिएका पाकिस्तानका हसनल अली म्यान अफ दी सिरिज घोषित भए। सर्वाधि विकेट लिएका अलीले गोल्डेन बल पनि हात पारे। यस्तै  सर्वाधिक रन बनाएका भारतका शिखर धवनले गोल्डेन ब्याट प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell