PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

थाइ दूतावासमा जागिरे भएर भिसाको रकम कुम्ल्याउने प्रहरी फन्दामा



पहिलोपोस्ट

थाइ दूतावासमा जागिरे भएर भिसाको रकम कुम्ल्याउने प्रहरी फन्दामा

काठमाडौं : शाही थाइ राजदूतावासमा ठगी गर्ने दुई महिलालाई प्रहरीले पक्रेको छ। काठमाडौं बानेश्वरमा घर भएकी ४० वर्षीय  सुचित्रा शर्मा गौतम र ४४ वर्षीया सोभना श्रेष्ठलाई केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो।  

शाही थाइ राजदूतावास काठमाडौंको भिसा शाखामा काम गरी भिसा फारम बापतको संकलन गरेको रकम ८२ लाख ५५ हजार ५ सय रुपैयाँ राजदूतावासमा नबुझाई फरार भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell