PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बाजुरामा कांग्रेस-एमालेबीच झडप, एमाले कार्यकर्ताको मृत्यु



पहिलोपोस्ट

बाजुरामा कांग्रेस-एमालेबीच झडप, एमाले कार्यकर्ताको मृत्यु

काठमाडौं : बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। झडपमा परी मृत्यु हुनेमा हंश राउत रहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले पहिलोपोस्टलाई जानकारी दिए। 

दिउँसो करिब २ बजेर ४५ मिनेटमा उम्मेद्वारी दिन जाने क्रममा कांग्रेस र एमाले कार्यकर्ताको जम्का भेट हुँदा झडप भएको थियो। घाइते राउतलाई उपचारको क्रममा सदरमुकाम हस्पिटल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell