PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्पोर्ट्स हस्पिटलको शिलन्यास



पहिलोपोस्ट

स्पोर्ट्स हस्पिटलको शिलन्यास

काठमाडौं : नेपाली खेलाडीको निशुल्क उपचार गर्ने लक्ष्यसहित अब नेपालमै स्पोर्ट्स हस्पिटल बन्ने भएको छ। आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको परिसरमा निवर्तमान युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले स्पोर्ट्स हस्पिटलको शिलन्यास गरेका हुन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले अब नेपाली खेलाडीहरुको सम्पूर्ण खर्च निशुल्क हुने र विदेश गइराख्नु नपर्ने बताए।  'अब उपचार गर्न नपाएर कोही खेलाडीको मृत्यु हुन नपरोस् अगभंग हुन नपरोस्।' विष्टले भने। 'लाखौं खेलाडी भएको नेपालमा निजी खर्चले उपचार गर्न नसक्नेहरुको लागि नेपाल सरकार र राखेपले नै व्यवस्था गर्नेछ।'

१० वटा बेडको प्रस्ताव गरिएको उक्त हस्पिटल बनाउनको लागि १४ करोड बजेटको अनुमान गरेको र त्यसका लागि यस पटकक बजेटमा २० लाख परेको सदस्य सचिव विष्टले जनाए।

विष्टले आजको दिनको प्रतिक्षामा रहेको र धेरै प्रयत्नपछि आजको दिन प्राप्त गरेको बताए।

यस्तै युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले धेरै अगाडीदेखि आफूले देखेको सपना पूरा भएको बताए। 'यो मेरो सपना हो, मन्त्री भएदेखि न मैले खेलाडीको लागि केही गर्नुपर्छ भनेर सोचेको थिएँ। अहिले त्यही सपनाको सुरुवात भएको छ। अब स्पोर्ट्स युनिभर्सिटीको काम पनि अगाडी बढाउनुपर्छ।'

गत जेठ २० गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा श्रीपालीको अध्यक्षतामा बसेको राखेपको १०८ औं बोर्ड बैठकले खेलकुद अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell