PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ब्रेकअपको हल्लाबीच निशा अधिकारी र शरद भेषावकरको प्रेममा नयाँ ट्विस्ट



पहिलोपोस्ट

ब्रेकअपको हल्लाबीच निशा अधिकारी र शरद भेषावकरको प्रेममा नयाँ ट्विस्ट

काठमाडौं : अभिनेत्री निशा अधिकारीले २०७१को भदौ २३ गते फेसबुक पोस्ट मार्फत् आफ्नो र क्रिकेटर शरद भेषावकरको सम्बन्ध सार्वजनिक गरेकी थिइन्। दुईजनाको फोटो सहित लेखेकी थिइन,'सर्वव्यापक प्रेम र हेर्नुस् मेरो भागमा परेको (माया)।' निशाले पोस्ट सार्वजनिक गरे लगत्तै शरद र उनी सार्वजनिक कार्यक्रममा सँगै देखिन थाले।

तर, केही समयपछि निशाले सो पोस्ट डिलिट गरिन्। र उनीहरुको ब्रेकअप गसिपको विषय बन्यो जुन खबरको खण्डन गर्दै आएकी छिन् निशा। शरद चाहिँ आखिर किन चुप रहन्छन्? उसो त पहिलेदेखि नै पत्रकारहरुले सोध्दा शरद भन्ने गर्थे, 'यो मेरो पर्सनल मामिला हो। यसलाई पर्सनल नै रहन दिनुस्।'

सन् २०१६ को भ्यालेन्टाइन्स सप्ताहमा पहिलोपोस्टसँगा कुरा गर्दै शरदले भनेका थिए, 'हामी बीचको कुरा बाहिर आउन किन आवश्यक छ? पर्सनल विषयलाई बाहिर ल्याउन जरुरी छ र?'

उनले आफ्नो र निशा अधिकारी बीचको सम्बन्ध बारे खबरहरु अनावश्यक हुन सक्छ भन्ने संज्ञा दिएका थिए।

पुन: नेपाली मिडियामा यो जोडीको बिहेको खबर गसिपको विषय बनेको छ। आउँदो असार १८ गते उनीहरु बिवाह बन्धनमा बाँधिन लागेको खबर सार्वजनिक भएको हो। मिति सहित खबर सार्वजनिक हुँदा पनि निशाले यस विषयमा बोल्न चाहिनन्। दुवैको पारिवारिक सहमतिमा यि दुईको हिन्दू परम्परा अनुसार विवाह हुन लागेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell