PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

च्याम्पियन्स ट्रफी फाइनल आज : कसले जित्ला उपाधि?



पहिलोपोस्ट

च्याम्पियन्स ट्रफी फाइनल आज : कसले जित्ला उपाधि?
फोटो : गेट्टी इमेज

भारत र पाकिस्तान क्रिकेटका दुई चिरपरिचित प्रदिद्वन्दी हुन्, यसमा कुनै शंकै छैन। र, यी दुई बीचको क्रिकेटको कुरा गर्दा सन् २००७ मा भएको पहिलो संस्करणको टी-२० विश्वकपको फाइनल कमैले बिर्सेलान्।

दक्षिण अफ्रिकामा भएको उक्त फाइनलमा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै पहिलो संस्करणको टी-२० उपाधि जितेको थियो।

फाइनलमा पाकिस्तानलाई जितका लागि १३ रन अवश्यक थियो भने भारतलाई १ विकेट। बलिङ गर्दै थिए भारतका जोगिन्दर सिंह। क्रिजमा पाकिस्तानलका मिस्वाह उल हक थिए। उनको अर्को छेउमा मोहम्मद आसिफ थिए। पहिलो बलमा मिस्वाहले वाइडमा १ रन जोडे। अर्को बलमा जोगिन्दरले कुनै रन दिएनन्।

दोस्रो बलमा मिस्वाहले जोगिन्दरलाई फुल टसमा छक्का प्रहार गरेपछि पाकिस्तानलाई ४ बलमा जितका लागि ६ रन आवश्यक थियो। तर तेस्रो बलमा जोगिन्दरले मिस्वाहलाई श्रीसान्तद्वारा क्याचआउट गराएपछि पाकिस्तान ३ बल अगावै अलआउट भयो र ५ रनले हार बेहोर्न बाध्य भयो।

त्यो नै भारत र पाकिस्तानले खेलेको एक मात्र क्रिकेट फाइनल थियो। फेरि एकपटक भारत र पाकिस्तान क्रिकेटकै अर्को फाइनलमा भिड्दैछन् च्याम्पियन्स ट्रफी उपाधिका लागि।

फाइनल खेल आज इंगल्याण्डको ओभलमा हुँदैछ। भारत र पाकिस्तान ५० ओभर क्रिकेटको फाइनलमा प्रतिस्पर्धा गर्न लागेको भने यो पहिलो पटक हो।

उपाधि भिडन्त आज दिउँसो नेपाली समय अनुसार सवा ३ बजे सुरु हुँदैछ। भारतको कप्तानी विराट कोही र पाकिस्तानको कप्तानी सर्फ्राज अहेमदले गर्दैछन्। यी दुई राष्ट्र फाइनलमा भिड्दै गर्दा विश्वको ध्यान पुन: एकपटक ओभलतर्फ सोझिनेछ।

भारत छिमेकी बंगलादेशलाई ९ विकेट हराउँदै फाइनल पुगेको हो भने पाकिस्तानले घरेलु टोली इंगल्याण्डलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान बनाएको हो।

भारत र पाकिस्तान यसअघि समूह चरणमै भिडेका थिए। जहाँ भारतले पाकिस्तानलाई १ सय २४ रनको फराकिलो अन्तरले हराएको थियो। पाकिस्तानलाई उक्त हारको बदला लिने अवसर समेत रहेको छ।

अर्को रोमाञ्चक तथ्य के छ भने पाकिस्तानले उपाधि जिते पहिलो पटक च्याम्पियन बन्नेछ। यता भारतले उपिध जित्यो भने सर्वाधिक ३ पटक च्याम्पियन बन्ने कीर्तिमान कायम गर्नेछ।

भारतले सन् २००२ मा श्रीलंकासँगै उपाधि बाँडेको थियो भने सन् २०१३ को पछिल्लो संस्करणमा इंगल्याण्डलाई नै हराएर उपाधि जितेको थियो। २० ओभरमा खेलाइएको उक्त फाइनलमा भारतले ५ रनको रोमाञ्चक जित हात पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell