PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कन्फेडेरेसन कप : आयोजक रसियाको विजयी सुरुवात



पहिलोपोस्ट

कन्फेडेरेसन कप : आयोजक रसियाको विजयी सुरुवात

घरेलु टोली रसियाले कन्फेडेरेसन कपमा विजयी सुरुवात गरेको छ। शनिबार भएको समूह ए को उद्घाटन खेलमा रसियाले न्यूजिल्याण्डलाई २-० ले पराजित गर्‍यो।

सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको ३१औं मिनेटमा न्यूजिल्याण्डमा माइकल बक्सलले आत्मघाती गोल गरेपछि रसियाले पहिलो हाफमा १-० को अग्रता बनायो।

रसियाका लागि फेडर स्मोलोभले ६९औं मिनेटमा दोस्रो गोल गरे। गोलकर्ता स्मोलोभ म्यान अफ दी म्याच घोषित भए।

कन्फेडेरेसन कप अन्तर्गत आज समूह ए को पोर्चुगल र मेक्सिको तथा समूह बी को क्यामरुन र चिलीबीच खेल हुनेछ।

 

आजको खेल

पोर्चगल भर्सेस मेक्सिको

समय : बेलुका ८:४५ बजे (नेपाली समय)

 

क्यामरुन भर्सेस चिली

समय : राती ११:४५ बजे (नेपाली समय)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell