PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एमालेले नपत्याएका दुर्गाप्रसादले भद्रपुरमा गरे पहिलो नम्बरमा मनोनयन

एमालेले नपत्याएका दुर्गाप्रसादले भद्रपुरमा गरे पहिलो नम्बरमा मनोनयन


झापा: झापाको भद्रपुर नगरपालिकाको मेयरको पहिलो उम्मेदवारमा स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद भट्टराईले मनोनयन दर्ता गरेका छन्। 

चन्द्रगढी गाविसमा एमालेका तर्फबाट पूर्व अध्यक्ष रहेका भट्टराईले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्। एमालेले अहिले जीवनकुमार श्रेष्ठलाई टिकट दिएको छ। 

भट्टराईको मनोनयनपत्र दर्ता क्रमसंख्या १ नम्बरमा रहेको छ।  

प्रमुख दलका तर्फबाट अहिलेसम्म मनोनयन दर्ता भएको छैन। साविकको महेशपुर, चन्द्रगढी र पृथ्वीनगर गाविस गाभेर भद्रपुर नगरपालिकामा बनाइएको छ। ६५ हजार ५४३ जनसङ्ख्या रहेको भद्रपुरमा ४२ हजार ५७ मतदाता छन्। 

भद्रपुरमा १० वडा छन्। जहाँ ५२ जनप्रतिनिधि निर्वाचित हुनेछन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell