PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘थिएटर भिलेज’को युरोप यात्रा आगामी म‌ंगलबारदेखि



पहिलोपोस्ट

‘थिएटर भिलेज’को युरोप यात्रा आगामी म‌ंगलबारदेखि

काठमाडौं : थिएटर भिलेज आगामी मगलबारदेखि २१ दिने युरोप भ्रमणमा निसकने भएको छ। युरोपको सबैभन्दा ठुलो अमेच्योर नाट्य संस्थाहरुको छाता संस्थाको निमन्त्रणामा थिएटर भिलेज ‘मालिनी:द प्रिन्सेस अभ गार्डेन’ नाटकका साथ युरोपको विभिन्न सहरमा जान लागेको हो।

रविन्द्रनाथ टेगोरको नाटक ‘मालिनी’ को एक नयाँ व्याख्याको रुपमा तयार भएको यो नाटक बर्लिन लगायत जर्मनीका विभिन्न शहर र बेल्जियममा मन्चन हुनेछI

थिएटर भिलेजको यो यात्रामा कलाकारहरुले युरोपका केहि प्रसिद्ध नाटक संस्थाहरुबाट कार्यशाला/तालिम लिनेछन्। यस्तै निर्देशक विमल सुबेदीले यूरोपका नाट्यसमुहहरुलाई कार्यशाला/तालिम दिनेछन्I  

बिमल सुबेदीले निर्देशन गरेको नाटक मालिनीमा राजेन्द्र श्रेष्ठ, सुजन ओली, दिपेश राई, जेनी सुनुवार र नवराज पराजुलीको अभिनय रहेको छI दिलिप रानाभाटको ध्वनि व्यवस्थापन र बिपुल पाण्डेको प्रकाश संयोजन रहेको यो नाटकलाई जिबेश रायमाझीले नेपालीमा अनुवाद गरेका हुन्।

सन् २०१४ मा यो नाटक ‘नेसनल अक्याडमी अभ पर्फर्मेन्स आर्ट’ पाकिस्तानमा मञ्चन भएको थियोI २०१६ मा भारतका  विभिन्न सहरहरु हरियाणा, राजस्थान र गोवामा त्यहाँको संस्कृति मन्त्रालयसंगको सहकार्यमा थिएटर भिलेजले यो नाटक मन्चन गरेको थियोI

२०१६ मा थिएटर भिलेजमा मञ्चन भएको नाटक अहिले युरोपमा मञ्चन हुनै लाग्दा निर्देशक सुबेदी भन्छन्, ' युरोपियन देशहरुलाई नेपाली नाटकको आफ्नै रंगमा घोलेर हाम्रो संस्कृति र राजनीतिको क्यानभास बनाउने प्रयास हो योI नाटकको ताजा भाषामा नेपाली नाटक पनि बन्छन् र विश्व रंगमंचमा नेपाली नाटक निक्कै माथि उठिसकेकोछ भन्ने कुरालाइ युरोपमा देखाउने यो अवसर र चुनौती दुवै हो।'

चौथो देशमा यो नाटकमा अभिनय गरिरहेका सुजन ओली भन्छन्, 'चौथो चोटी यो नाटक गर्दैछु, तर हरेक चोटी मेरो पात्रको यात्रा फेरी शुन्यबाट सुरु हुन्छ, हरेक नयाँ रिहर्शल संगैI' तीन देशमा यो नाटक गरेका दिलिप रानाभाट लाइ लाग्छ, 'मेरो पात्रभित्रका लेयरहरु थापिरहेछन् हरेकपटकI'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell