PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एम्बुसमा परी ६ प्रहरीको मृत्यु



पहिलोपोस्ट

श्रीनगर : कास्मिरमा छ जना प्रहरीसहित १० जनाको शुक्रबार ज्यान गएको छ। अशान्त कास्मिरमा फरक फरक घटनामा परी दुई सर्वसाधारण, दुई सशस्त्र आतंकवादी र ६ प्रहरीको मृत्यु भएको हो।  

शुक्रवार साँझ दक्षिणी कास्मिकरको अचावलमा आतंकवादीले थापेको एम्बुसमा परी ६ जना प्रहरीले ज्यान गुमाए। प्रहरीका स्टेसन हाउस अफिसर फिरोज अहमद दरसमेत दुर्घटनाको सिकार हुनेमा परेका छन्। घटनाको जिम्मेबारी लस्कर ए तोइबाले लिएको छ। घटनामा परी २ सर्वसाधारण पनि घाइते भएका छन्।

लस्कर ए तोइवाका दुई मिलिटेन्ट र आन्दोलनका क्रममा दुई सर्वसाधारण मारिएकै दिन प्रहरीमाथि आक्रमण भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell