PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रिङरोडभित्र मान्छेलार्इ कहिले देखि प्रतिबन्ध? 



आकाश क्षेत्री

रिङरोडभित्र मान्छेलार्इ कहिले देखि प्रतिबन्ध? 

काठमाडौं :  सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने भन्दै कारोबार दैनिकमा आएको एउटा समाचारले सामाजिक संजालमा अनेकन टिप्पणी उब्जायो। 

मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज बनाइने विभागले बताएको समाचारमा उल्लेख छ।  

सोही विषयलार्इ केन्द्रमा रोखेर सामाजिक संजाल टुइटर प्रयोगकर्ता वसन्त सुवेदी लेख्छन्, ‘उपत्यका भित्र मोटरसाइकल प्रतिबन्ध लगाउने तयारी रे! कुन दिन देखि मान्छे समेत प्रतिबन्ध लगाउने हुन! बिना तयारी जे नि बोल्न मिल्ने यो देश!’
 

त्यस्तै तीर्थ प्रसार्इ लेख्छन्, ‘मोटरसाइकल प्रतिबन्ध भएको केही दिनमै राजधानी छोडिन्छ। यो सम्भ्रान्त र राज्य चुस्नेहरूको शहर भो,यहीठाउँमा कथित जननेता बाराभले त डोजर चलाएका थिए’
  उमा बिष्ट  लेख्छिन, ‘हैन यो देशा कस्ता कस्ता बुद्धि भका सैतान छन् हौ ?? मोटरसाइकल चलाउन प्रतिबन्धको बुद्धि! हामी पनि बुद्धि लगाउन प्रतिबन्ध लगाउनु पर्छ अब।
 
सुजित मैलाली आफ्नो धारणा राख्छन्, ‘बढी मोटरसाइकल भएर काठमाडौंमा जाम भएको होइन, बढी मानिस भएर भएको हो । रिङरोडभित्र मानिसलाई प्रतिबन्ध लगा सरकार।‘
  अविशेक श्रेष्ठ लेख्छन्, ‘रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध गर्ने तयारी भन्ने समाचार पढियो नेता ज्युहरु पनि पहिले साईकल चढेर मन्त्रालय जान तयार हुनुहोस्।’  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell