PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अमेरिकामा शिखर दुलालको तेस्रो कविता कृति सार्वजनिक, कवि तुलसी दिवसले गरे लोकार्पण



पहिलोपोस्ट

अमेरिकामा शिखर दुलालको तेस्रो कविता कृति सार्वजनिक, कवि तुलसी दिवसले गरे लोकार्पण

अमेरिकाः लामो समयदेखि अमेरिकामा साहित्यिक गतिविधिमा ब्यस्त रहँदै आएका कवि शिखर दुलाल “लेखुले” ले तेस्रो कविता कृति “यात्रा अविरल” सार्वजनिक गरेका छन्।

नर्थक्यारोलाइना साहित्य समाजको आयोजनामा भएको कविताकृति लोकार्पण कार्यक्रममा कवि तुलसी दिवस विशेष अतिथि बने।

कविताकृतिको लोकार्पणपछि कवि तुलसी दिवसले स्रष्टा जहिले पनि इमान्दार रहनुपर्ने धारणा राखे। उनले साहित्यकारले सधैं सत्यको पक्षमा वकालत गर्नुपर्ने बताए। 

प्रवासमा रहेर पनि नेपाली साहित्य र संस्कृतिको उत्थानमा नर्थ क्यरोलाइनाको नेपाली समुदायले प्रसंशनीय काम गरेको भन्दै दिवसले भूगोलको देश छोड्दैमा उसले देश बिर्स्यो भन्न नमिल्ने तर्क गरे।

कृतिमाथि समीक्षा गर्दै साहित्यकार विक्रम गौतमले कविको लेखनशैली सरल रहेको भन्दै प्रशंसा गरे। 

नेपालमा रहंदा सुसुप्त अवस्थामा रहेको दुलालको कवि व्यक्तित्व अमेरिका पुगेपछि प्रस्फुटित भएको भन्दै साहित्यकार डा। ऋषि बस्ताकोटीले दुलाललाई भावनामा देश बोकी हिड्ने कविको रुपमा चित्रण गरे। 

नर्थक्यारोलाइना नेपाली समाज र नेपारिदम सांस्कृतिक परिवारको सहआयोजनामा भएको कार्यक्रममा कवि तुलसी दिवसलार्इ सम्मानसमेत गरिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell