PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

मोमोमा किन प्रतिबन्ध लगाउन खोजिरहेका छन् भारतीय सांसद?



मोमोमा किन प्रतिबन्ध लगाउन खोजिरहेका छन् भारतीय सांसद?

भारतीय सोसल मिडिया मोमोमाथि प्रतिबन्धको विषयमा चर्काचर्की बहसमा छ। नेपालको लोकप्रिय खाजा भएकोले छिमेकी देशको चर्चा यहाँ पनि चासोका साथ हेरिएको छ। 

भारतमा अहिले नै मोमोमाथि प्रतिबन्ध लागिसकेको वा लगाउन लागिएको भने हैन। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका एक सांसदले मोमोविरोधी अभियान चलाउने क्रममा प्रतिबन्ध लगाउनु पर्ने विचार राखेका हुन्। 

जम्मु एन्ड कास्मिरबाट निर्वाचित भाजपा सांसद रमेश अरोराले मोमोमाथि प्रतिबन्ध लगाउनु पर्नाका विभिन्न कारण दिएको भारतीय मिडियाले उल्लेख गरेका छन्। 

नेसनल हेराल्डमा प्रकाशित समाचार अनुसार मोमोको व्यापारमा विदेशीहरु विशेष गरी बंगलादेशी र बर्मेलीहरु भएकोमा उनको चासो थियो। 

तर उनले मूल कारण भने स्वास्थ्यलाई बताएका छन्। त्यही समाचारमा उनलाई उद्धृत गर्दै भनिएको छ- 'मोमो हत्यारा हो र हामी सभ्य समाजमा हत्यारालाई बढावा दिन सक्दैनौँ। अजिनोमोटो स्वास्थ्यका लागि हानिकारक छ।'

अजिनोमोटो मोमोमा प्रयोग हुने भएकोले मोमोमा प्रतिबन्ध लगाउनु पर्ने उनको तर्क हो। 

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार उनले मोमो आन्द्राको क्यान्सरसहित कयौँ ज्यान लिने रोगहरुको मुख्य कारण भएको दावी गरेका छन्। 

विगत पाँच महिनादेखि सार्वजनिक समारोहमा उनले मोमोविरोधी अभिव्यक्ति दिइरहेको कम्तिमा उनको राज्य अर्थात् जम्मु कास्मिरमा मोमोमाथि प्रतिबन्ध लगाउन खोजिरहेको समाचारमा उल्लेख छ। 

उनको यो विचारबारे ट्विटरमा तीव्र आलोचना भएको छ
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell