PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पत्रकार तिवारीमाथि दुर्व्यवहार



राधेश्याम पटेल

पत्रकार तिवारीमाथि दुर्व्यवहार

वीरगञ्ज : नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीमाथि दुर्व्यवहार भएको छ। सोमबार साँझ वीरगञ्ज मालपोत कार्यालय नजिकै खाजा खाएर बसिरहेका तिवारीमाथि ८ जनाको समूहमा आएका व्यक्तिहरुले कालोमोसो दलेका हुन्। 

समाचार लेखेको विषयलाई लिएर दुर्व्यवहार भएको हो। राजनीतिक दलको आडमा सुजित गिरी, कृष्ण चौरसिया र एजाज बाबु रक्कीले आफूलाई कालोमोसो दलेको भन्दै तिवारीले प्रहरीमा उजुरी दिएका छन्। 

तिवारी रेडियो विरगञ्ज र माउण्डेट टेलिभिजनमा कार्यरत छन्। नेपाल पत्रकार महासंघ पर्सा अध्यक्ष श्याम बंजाराको टोलीले घटनाको सत्य तथ्थ छानविन गरेर दोषीलाई कारबाही गर्ने प्रहरीलाई ज्ञापनपत्र बुझाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell