PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

'म वारी, उनी पारी : न जेब्रा क्रसिङ थियो, न गोजीमा २ सय रुपैयाँ'



आकाश क्षेत्री

'म वारी, उनी पारी : न जेब्रा क्रसिङ थियो, न गोजीमा २ सय रुपैयाँ'

काठमाडौँ : ट्राफिक प्रहरीले पैदल यात्रुलक्षित आक्रामक अभियान सुरु गरेपछि ट्विटरमा पक्ष-विपक्ष र व्यङ्ग्यात्मक प्रतिक्रियाको ओइरो लागेको छ।

आकाशे पुल प्रयोग नगरेमा, जेब्राक्रसिङबाट बाटो नकाटेमा या सडक पेटीबाट नहिँडे अहिले ट्राफिक प्रहरीले ठाउँको ठाउँ दुई सय रुपैयाँको चिट काट्छन्। जरिवाना तिर्न नसके तीन घण्टा नियन्त्रणमा राख्छन्।

एक ट्विटर प्रयोगकर्ता अलि प्रविधिमैत्री हुन खोज्छन्। उनी ट्विटरमै सोध्छन्, ‘काठमाडौंमा जेब्राक्रसिङ कहाँ-कहाँ छ भन्ने एन्ड्रोइड एप बनेको रहेनछ कि क्या हो?’


अर्का ट्विटर प्रयोगकर्ता सुमन भाइ शैलिको व्यङ्ग्य गर्दै लेख्छन्, ‘नखुलेको बाटो अचानक खुलेर आयो, अगाडि जेब्राक्रसिङ छ भन्ने कुरो भुलेर आयो। ट्राफिक देखिएन, काटियो बाटो, हेर्दै नहेरी पारी त २०० को चिट कुदेर आयो।
यी ट्विटर प्रयोगकर्ता जथाभावी बाटो काट्ने र ट्राफिक प्रहरीको जरिवानाबाट बच्ने उपाय दिँदै लेख्छन्, ‘बाटो काट्नु छ र २०० नि जोगाउनु छ भने कालो चस्मा र एउटा छडी लिएर हिँड्नुहोस्। किन चाहियो जेब्राक्रसिङ?’
२ सय रुपैयाँ जरिवाना तिर्न नसक्ने तर, आफूले नियमित खान जाने गरेको चटपटे पसल बाटो पारी रहेको भन्दै एक ट्विटर प्रयोगकर्ता सरकारलार्इ जेब्राक्रसिङ बनाइदिन अपिल गर्दै लेख्छिन्, ‘सरकार त्यो चट्पटे पसल अगाडि जेब्राक्रसिङ बनाइदिनु पर्यो । साह्रै आपत परिसक्यो, २ सय रुपैयाँ जरिवाना तिर्न नसकेर।’
अर्का ट्विटर प्रयोगकर्तालार्इ जेब्राक्रसिङले ठुलै आपत् पारेको रहेछ। उनी लेख्छन्, ‘धेरै दिनपछि आज उनलाई देखेको थिएँ। तर विडम्बना म वारी, उनी पारी थिइन। न त्यहाँ जेब्राक्रसिङ थियो, न त खल्तीमा २०० सय रुपैयाँ नै।’
आफ्नी प्रेमिकालार्इ अर्का ट्विटे यसरी अपिल गर्छन्, ‘ भेट्न आउँदा जेब्राक्रसिङ नजिकै भएको ठाउँमा भेट्न आऊ है! नत्र जेब्राक्रसिङ खोज्दाखोज्दै साँझ पर्ला र जताबाट आएको, त्यतै लाग्नुपर्ला।
मेटिन लागेको जेब्राक्रसिङले पारेको आपतबारे रमेश दवाडी बताउँछन्, ‘जेब्राक्रसिङ पार गर्दै थिएँ। प्रहरीले च्याप्पै समायो झसङ्ग भएँ र प्रश्न गरें। उसले `सरी´भन्यो । मेट्टिन लागेको जेब्रा मैले देखें। उसले देखेन।’ ‘जेब्रक्रसिङ रुल’ सचिन सुवेदी यसरी पैसा कमाउने उपाय हुनसक्ने सुझाउँछन्, ‘एक जोर ट्राफिकको लुगा सिलाउनु पर्योd। अनि जेब्राक्रसिङ नभएको ठाउँ बसेर यहाँ डिस्काउन्ट दिएर रु १०० मा बाटो काटिन्छ भन्नु पर्यो।। चाँडै धनी बन्ने सोच।’ ट्विटर प्रयोगकर्ताहरुको व्यङ्ग्यका बीच ट्राफिक प्रहरीले भने आफ्नो एपमा पैदल यात्रुलाई कारबाही गर्नुपर्ने ६ कारण यसरी खुलाएको छ-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell