PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्रीलाई भोट हाल्न गएका सांसद ४ घण्टा बिताएर फर्किए रित्तै

प्रधानमन्त्रीलाई भोट हाल्न गएका सांसद ४ घण्टा बिताएर फर्किए रित्तै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री निर्वाचनको शुक्रवार प्रकाशित कार्यतालिका अनुसार आज बिहान ११ बजेको संसदको बैठकबाट मुलुकले नयाँ प्रधानमन्त्री पाउनुपर्ने हो। तर, संसदको बैठक प्रधानमन्त्री चयन गर्न असफल भयो। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको 'चातुर्यपूर्ण' व्यवहारका कारण संसद बैठक मंगलबार १ बजेसम्मका लागि सर्‍यो।
 
११ बजेको बैठकअघि सभामुखले प्रमुख दलका शीर्ष नेतासँग बानेश्वरमा छलफलको प्रयास गरिन्। तर, एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा पुगेनन्। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अध्यक्ष ओली घरबाट निस्कने तयारीमा रहेको बताए। अनि बैठक सार्न आग्रह गरे। सभामुख ओनसरी घर्तीले बैठक ३ बजेका लागि सारिन्। अनि शीर्ष नेताको बैठक २ बजे डाकिन्।
 
२ बजेको बैठकमा भने ओली सहभागी भए। अनि संसदको बैठक केही दिन सार्न आग्रह गरे।

ओलीले भने - '२०७४ माघ ७ गतेसम्म संसद र प्रदेशको निर्वाचन गर्नुपर्ने छ। मुलुक संविधान कार्यान्वयनको जटिल अवस्थामा छ। दलहरुबीच द्वन्द्व भन्दा सहमति गरेर जानु उचित हुन्छ। संसद बैठक सारेर छलफल गरौँ।'

ओलीले दुई दिनको समय मागे।

कामचलाउ सरकारका प्रधानमन्त्री प्रचण्ड संसद चलाउने पक्षमा थिए। तर, प्रधानमन्त्रीमा उम्मेद्वारी दिएका कांग्रेस सभापति शेरबहादुर देउवाले भने - 'मैले समय दिएँ।'

एमाले र कांग्रेसको समझदारीपछि सभामुख ओनसरी घर्तीले संसदको बैठक सारिन्। उनले आउँदो मंगलबार १ बजे प्रधानमन्त्री निर्वाचनको नयाँ मिति तोकिन्। प्रधानमन्त्री चयनका लागि भोट हाल्न ११ बजे अघि नै संसद पुगेका सांसदहरु ३ बजे लुरुलुरु फर्किए। हेर्नुस् इलिट जोशीले खिचेको फोटो-


 


ट्रेन्डिङ पोस्ट

Ncell