PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चौथो पटक प्रधानमन्त्री बन्न देउवाले उम्मेदवारी दर्ता गर्दाका १६ दृश्य

चौथो पटक प्रधानमन्त्री बन्न देउवाले उम्मेदवारी दर्ता गर्दाका १६ दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : नयाँ प्रधानमन्त्री चयनको लागि उम्मेदवारी दर्ता गर्ने समय बिहान ११ बजेदेखि थियो। साढे ११ बज्नुअघि सत्तारुढ गठबन्धनका तर्फबाट कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवारी दर्ता गर्ने ठाउँ नयाँ बानेश्वरको ल्होत्से हलमा आइपुगे। 

प्रचण्डसँगै टोपबहादुर रायमाझी, उनका पुत्र प्रकाश दाहाल थिए। नारायणकाजी श्रेष्ठ भने आएका थिएनन्। देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री विमलेन्द्र निधि, परराष्ट्र मन्त्री प्रकाशशरण महत, शेखर कोइराला लगायतका नेताहरु थिए। देउवापत्नी आरजु देउवा पनि कुर्था सलवारमा सजिएर पुगेकी थिइन्।  

देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्ड प्रस्तावक बसे भने रामचन्द्र पौडेल समर्थक बसे। समर्थकमा  फोरमका अध्यक्ष विजयकुमार गच्छदार, वर्तमान मन्त्रिपरिषद्का समाज कल्याण मन्त्री तथा अखण्ड पार्टीका कुमार खड्का, विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंह र नेकपा संयुक्तका जयदेव जोशी पनि बसे। 
ल्होत्से हलमा उम्मेदवारी दर्ता गर्न बसेका संसद सचिवालयका कर्मचारीहरु
देउवाको उम्मेदवारी दर्ता गराउन प्रधानमन्त्री प्रचण्ड।


ट्रेन्डिङ पोस्ट

Ncell