PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

५ फोटोमा हेर्नुस् दीपेन्द्र सरकारको भूमिकामा देखिँदै नायक प्रदीप खड्का

५ फोटोमा हेर्नुस् दीपेन्द्र सरकारको भूमिकामा देखिँदै नायक प्रदीप खड्का

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बुधबार दरबारमार्गस्थित होटल याक एण्ड यतीमा राजाको भेषमा कोही भेटिए। राजतन्त्र हटेर गणतन्त्र आइसकेको अवस्था देखिएका यी राजा भेषधारी व्यक्ति वास्तविक राजा भने थिएनन्।

'दीपेन्द्र सरकार' नामक फिल्ममा अभिनय गर्नका लागि दीपेन्द्रकै भेषमा देखिएका थिए प्रदीप खड्का।

यसअघि प्रेमगीत र प्रेमगीत-२ मा अभिनय गरिसकेका प्रदीपको यो तेस्रो फिल्म हो। अर्को संयोग यसअघिका दुवै फिल्म आशुसेन फिल्मसले निर्माण गरेको थियो। यो तेस्रो फिल्म हो।

प्रदीपको लागि दीपेन्द्र सरकार यसअघिका दुवै फिल्म भन्दा नितान्त फरक फिल्म हुनेछ। यसअघि उनी लभरब्वाईका भूमिकामा देखिएका थिए। दीपेन्द्र सरकार पनि प्रेम कथामै आधारित हुनेछ। तर दीपेन्द्रकै शैलीमा प्रस्तुत हुन भने उनलाई केही गाह्रो स्वीकारे।

दीपेन्द्र अली मोटो हुनुहुन्थ्यो तपाईँ अली दुब्लो हुनुहुन्छ कसरी मेन्टेन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफू अहिलेदेखि नै तयारीमा लाग्ने बताए।

'फिल्ममा २ सय जना क्यारेक्टर होला, अब सबैको चरिच उस्तै मिलाउन खोज्यो भने सकिँदैन। केहीको मात्र चरित्र उस्तै बनाएर पनि हुँदैन। त्यसैले वेइटमा म ब्यालेन्स गर्छु।'

 

 



ट्रेन्डिङ पोस्ट

Ncell