PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निर्वाचनबाटै लोकतन्त्रको जग बलियो हुन्छ –राष्ट्रपति



पहिलोपोस्ट

निर्वाचनबाटै लोकतन्त्रको जग बलियो हुन्छ –राष्ट्रपति

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनले नै लोकतन्त्र सुदृढ र बलियो बनाउन सक्ने विश्वास गरेकी छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले लोकतन्त्रको जगलाई निर्वाचनले मात्र बलियो बनाउन सक्ने बताएकी हुन्।

हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनले लोकतन्त्रको जगलाई मजबुत र संस्थागत गर्न मद्धत पु¥याएको भन्दै उहाँले दोस्रो चरणको निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफूले विश्वास लिएको शुभकामना सन्देशमा बताएकी छन्।

शुभकामना भनिएको छ ‘सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहीत रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने संसारकै लोकप्रिय तथा सुन्दर पद्धतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभै जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन जरुरी छ।’

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि मुलुक सामाजिक आर्थिक विकासका क्षेत्रमा उपलव्धि हुने आम नागरिकको अपेक्षा पूरा गर्न सवै एकजुट हुनुपर्ने बताएकी छन्।

यस्तै, गणतन्त्र दिवसका अवसरका उपराष्ट्रपति नन्दबहादुर पुन, तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि शुभकामना सन्देश दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell