PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भरतपुर महानगर : वडा नं १९ र २० ले गर्नेछ छिनोफानो, १९ मा ६ सय भोट गन्दा रेणुलाई २० मतको मात्रै अग्रता



भरतपुर महानगर : वडा नं १९ र २० ले गर्नेछ छिनोफानो, १९ मा ६ सय भोट गन्दा रेणुलाई २० मतको मात्रै अग्रता

भरतपुर : भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। अब दुई वटा वडाको मात्रै गणना बाँकी छ- वडा नम्बर १९ र २०। यही दुई वडाले मेयरमा एमालेका देवी ज्ञवाली कि माओवादी-कांग्रेस गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालको टुङ्गो लाग्नेछ। दुवै वडा कांग्रेसको पकड क्षेत्रका रुपमा चिनिएका वडाहरु हुन्। 

वडा नम्बर १९ को ६ सय भोट गन्दा रेणुले देवीलाई २० मतको मात्रै अग्रता लिन सकेकी छिन्। कूल मतमा अझै ७६४ मतले देवी ज्ञवालीको अग्रता कायमै रहेकोले अब बाँकी भोटमा रेणुले आक्रामक रुपमा अग्रता लिन नसके उनको पराजय निश्चित छ। 

वडा नम्बर १९ को ६ सय भोट गन्दा देवी ज्ञवालीको ४१ हजार २०१ र रेणु दाहालको २० हजार ४३७ मत छ। १९ नम्बर वडाको ६ सय भोट गन्दा वडाअध्यक्षमा माओवादीले ४१ र कांग्रेसले २७२ मत पाउँदा पनि मेयरमा रेणुले २० भोट मात्रै पाएकी छिन्। 

१९ वडामा २८६० र २० वडामा ३३०२  गरी जम्मा ६१६२ भोट रहेको छ। 

मतगणनामा अवरोध नआए भोलि जेठ १५ गते गणतन्त्र दिवसका दिन सकिएर परिणाम घोषणा हुनेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell