PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौं महानगरका १८ वटा वडामा एमाले, १४ मा कांग्रेस विजयी



रासस

काठमाडौं महानगरका १८ वटा वडामा एमाले, १४ मा कांग्रेस विजयी

काठमाडौंः काठमाडौँ महानगरपालिकाका १८ वटा वडामा नेकपा एमाले र १४ वडामा नेपाली कांग्रेस विजयी भएको छ।

एमालेका तर्फबाट वडा नं १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा दीपेन्द्र केसी, ४ मा मोहनबहादुर विष्ट, ७ मा शुद्धकुमार डङ्गोल, ९ मा भरतलाल श्रेष्ठ, १२ मा विकास डङ्गोल, १३ मा ध्रुवनारायण मानन्धर, १४ मा शोभा सापकोटा, १५ मा ईश्वरराज डङ्गोल, १८ मा न्हुच्छेकाजी महर्जन, २१ मा उदयचूडामणि वज्राचार्य, २२ मा चीनकाजी महर्जन, ३३ मा मच्चाराम महर्जन, २४ बालकृष्ण श्रेष्ठ, २७ चिनियाँमान वज्र्राचार्य, ३१ मा नारायणप्रसाद भण्डारी र ३२ मा नवराज पराजुली वडा अध्यक्षमा विजय भएका छन्। 

त्यसैगरी, नेपाली कांग्रेसकातर्फबाट वडा नं ५ मा रमेश महर्जन, ६ मा दीपेन्द्र लामा, ८ मा दिनेशकुमार डङ्गोल, १० मा रामकुमार केसी, ११ मा हिरालाल तण्डुकार, १६ मा मुकुन्द रिजाल, १७ मा नवीन मानन्धर, १९ मा शशीलाल श्रेष्ठ, २० मा राजेन्द्र मानन्धर, २५ मा नीलकाजी शाक्य, २६ मा ख्यामराज तिवारी, २९ मा कुश ढकाल, २८ मा भाइराम खड्की र ३० दलबहादुर कार्की वडाध्यक्षमा विजयी भएका छन्। 

वडा नं १४ मा महिला वडाध्यक्ष 

एमालेकातर्फबाट महिला वडाध्यक्षमा एक मात्र महिला उम्मेदवार शोभा सापकोटा तीन हजार ८०७ मत ल्याएर विजय भएकी छन्। महानगरका अन्य वडामा सबै ठूल पार्टीले वडा अध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएका थिए। 

३२ वडा रहेको महानगरमा दुई हप्ता लगाएर आज बिहान सबै वडाको मत परिणाम सार्वजनिक गरिएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell