PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कञ्चनपुरमा छान्यो माओवादी केन्द्रले उम्मेदवार 



रासस

कञ्चनपुरमा छान्यो माओवादी केन्द्रले उम्मेदवार 

भीमदत्तनगरः स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले कञ्चनपुरका नौ वटै तहका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ। 

माओवादीले भीमदत्तनगरपालिका प्रमुखमा पार्टीका केन्द्रीय सदस्य गोपाल रसाइली र उपप्रमुखमा नारु सिंहलाई उम्मेदवार बनाएको छ। 

त्यसैगरी, वेदकोट नगरपालिका प्रमुखमा मीनराज गिरी र उपप्रमुखमा सुमित्रा शाहीलाई उम्मेदवार बनाइएको छ। 

शुक्लाफाँटा नगरपालिका प्रमुखमा लोकेन्द्र ऐरी, उपप्रमुखमा कमला ऐर, कृष्णपुर नगरपालिका प्रमुखमा जोगराम चौधरी र उपप्रमुखमा शर्मिला थापा, पुनर्बास नगरपालिका प्रमुखमा वीरबहादुर थापा र उपप्रमुखमा सीता विकलाई उम्मेदवार बनाइएको माओवादी केन्द्रले जनाएको छ । 

त्यसैगरी, बेलौरी नगरपालिका प्रमुखमा मोतीलाल चौधरी उम्मेदवारका रुपमा अघि सारिए पनि उपप्रमुखको उम्मेदवार टुङ्गो लाग्न बाँकी छ।

 महाकाली नगरपालिका प्रमुख र उपप्रमुखको टुङ्गो सोमबारसम्म लाग्ने जनाइएको छ। लालझाडी गाउँपालिका अध्यक्षमा मदन बडायक र उपाध्यक्षमा सत्या महरा तथा बेल्डाँडी गाउँपालिका अध्यक्षमा नन्दकिशोर एसके र उपाध्यक्षमा कल्पना गिरीलाई उम्मेदवार बनाइएको छ।

नेकपा एमालेले यसअघि नै यहाँका सबै तहका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएर चुनावी प्रचारमा जुटिसकेको छ। माओवादी केन्द्रले पनि उम्मेदवारसहित घरदैलो अभियानलाई जिल्लाव्यापी बनाएको छ। 

नेपाली कांग्रेसले भने अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell