PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

काठमाडौंका नवनिर्वाचित मेयर शाक्य भन्छन् 'जे-जे काम गर्छु भनेको छु गर्छु'



पहिलोपोस्ट

काठमाडौंका नवनिर्वाचित मेयर शाक्य भन्छन् 'जे-जे काम गर्छु भनेको छु गर्छु'

काठमाडौः काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयरमा  विद्यासुन्दर शाक्यले घोषणापत्रमा उल्लेख गरेका सवै काम गर्ने प्रतिवद्धता गरेका छन्।

महानगरको मेयरमा निर्वाचित भए लगतै पहिलोपोस्टसँगको कुराकानीमा शाक्यले भने 'जनतासामु गरेका सवै प्रतिवद्धता पूरा गर्छु। मैले पहिले नै भनिसकेको छु, जे-जे काम गर्छु भनेको छु गर्छु।'

उनको घोषणापत्रमा तीन बर्षमा काठमाडौंमा मोनोरेल संचालन गर्नेदेखि सुन्दर काठमाडौं बनाउनेसम्मका योजना छन्।

'२०४९ र ०५४ सालमा काठमाडौंको वडा नम्बर २१ मा वडा अध्यक्ष रहेका शाक्यले पहिलो प्राथमिकतामा सुन्दर र सफा काठमाडौं बनाउने योजना रहेको बताए।

शाक्यले नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशीलाई करिव २० हजार मत अन्तरले पराजित गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell