PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौँ महानगरपालिकामा मेयरका २८ प्रतिस्पर्धीमध्ये कसले कति भोट ल्याए?



काठमाडौँ महानगरपालिकामा मेयरका २८ प्रतिस्पर्धीमध्ये कसले कति भोट ल्याए?

काठमाडौँ : मतगणना भएको १४ दिनपछि काठमाडौँ महानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ। ६४ हजारभन्दा बढी भोट ल्याएर एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भए। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ भोट ल्याए। 

नयाँ पार्टीहरु विवेकशील नेपालीका रन्जु न्यौपाने र साझा पार्टीको समर्थन रहेका किशोर थापाले पनि पाँच अङ्कको भोट पाए जबकि सत्ताको नेतृत्व गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्व रहेको नयाँ शक्ति पार्टीको भोट संख्या चार अङ्क कट्न सकेन। 


कसले कति भोट ल्याए?
 

विद्या सुन्‍दर शाक्‍य एमाले 64913
राजु राज जोशी नेपाली काँग्रेस 45269
रन्‍जु न्‍यौपाने विवेकशील नेपाली दल 23739
किशोर थापा स्वतन्त्र 18496
सर्वोत्तम दास डंगोल माओवादी केन्द्र 7906
पवित्र बज्राचार्य नयाँ शक्ति पार्टी, नेपाल 6050
कुल नारायण डंगोल नेपाल मजदुर किसान पार्टी 266
गोर्की प्रसाद श्रेष्ठ स्वतन्त्र 164
उषा कुमारी टिवरेवाला माले 149
निर्मल कुमार थापा राष्ट्रिय जनमोर्चा 131
शिव हरि रिजाल मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) 118
बच्पन राज श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) 67
अमोत महर्जन स्वतन्त्र 43
दिनेश शाहि स्वतन्त्र 42
लक्ष्मी प्रसाद भण्डारी स्वतन्त्र 36
सुशिला वेघा स्वतन्त्र 36
डव बहादुर गर्वुजा पुन मगर राष्ट्रिय जनमुक्ति पार्टी 35
नवराज कार्की स्वतन्त्र 21
भरत बहादुर बिशुराल स्वतन्त्र 19
विदुर प्रसाद घिमिरे चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल 19
नेत्र बहादुर लिम्बु स्वतन्त्र 15
अनिल मान श्रेष्‍ठ स्वतन्त्र 13
ज्ञानु लामा तामाङ स्वतन्त्र 13
पुरुषोत्तम दंगाल स्वतन्त्र 10
सुरेन्‍द्र प्रसाद ढकाल देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा 8
राधा बेलवासे स्वतन्त्र 6
विनोद कुमार क्षेत्री (के.सी) स्वतन्त्र 5
भगवान गिरी स्वतन्त्र 1



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell