PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चाँगुनारायणमा कांग्रेसको अग्रता, वडा नं ५ मा कांग्रेस विजयी



पहिलोपोस्ट

चाँगुनारायणमा कांग्रेसको अग्रता, वडा नं ५ मा कांग्रेस विजयी

भक्तपुर: चाँगुनारायण नगरपालिकाका वडा नं ५ मा एक वडा सदस्यबाहेक नेपाली काँग्रेसको समूह विजयी भएको छ।

आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार चाँगुनारायण वडा नं ५ को वडाध्यक्षमा जयन्द खड्का विजयी भएका छन्। खड्काले एक हजार ६४८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले एक हजार ३२९ मत प्राप्त गरे।

विजयी हुनेहरुमा नेपाली काँग्रेसका महिला सदस्य राधिका खड्का बाटाले एक हजार ३३८ मत, दलित महिला सदस्य रामकुमारी विकले एक हजार ३३३, वडा सदस्य राजी गिरीले एक हजार ३२८ र अर्का सदस्य नेमकिपाका रोशन खत्रीले एक हजार १८२ मत प्राप्त गरि विजयी भए।  

नगर प्रमुखमा कांग्रेसका राजाराम खड्काले चार हजार ८३२ मतसहित अग्रता लिएका छन्। उपप्रमुखमा पनि कांग्रेसकै सरु बानियाँले पाँच हजार १९१ मतले अग्रता लिएकी छन्।

निकटतम प्रतिद्वन्द्वीमा नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार सोम मिश्रले चार हजार ४०३ र उपप्रमुखमा एमालेकी बिना बास्तोलाले चार हजार ५७४ मतले पछ्याइरहेकी छन्। मतगणना जारी छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell