PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भरतपुर महानगरपालिकामा एमाले १४३० मतले अगाडि



पहिलोपोस्ट

भरतपुर महानगरपालिकामा एमाले १४३० मतले अगाडि

भरतपुर : पहिलो चरणमा स्थानीय निर्वाचन भएको चितवनको भरतपुर महानगरपालिका नेकपा एमालेले १४ सय ३० मतको अग्रता कायम गरेको छ।

महानगरको मेयर पदमा एमालेका देवी ज्ञवाली माओवादीकी केन्द्रकी रेणु दाहाल भन्दा १४ सय ३० मतले अगाडि छन्।

ज्ञवालीले  ३८ हजार ५ सय ६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी रेणु दाहालले ३७ हजार १ सय ३७ मत ल्याएकी छिन्।

भरतपुर महानगरपालिकाको वडा नम्बर २२ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा एमालेका बिष्णु महतो २ सय ८९ मतको अन्तरले विजयी भएका हुन्।

अध्यक्ष महतोले १ हजार ६ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेद्वाले ८ सय १७ मत प्रप्त गरे। त्यस्तै माओवादी केन्द्रका उम्मेद्वारले सय ४९ मत प्राप्त गरेका छन्।

बाँकी वडाको मतगणना जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell