PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘मेरो मधुशाला’ उपन्यास समाजको सजीव चित्रण



रासस

‘मेरो मधुशाला’ उपन्यास समाजको सजीव चित्रण

काठमाडौं : साहित्यकार गगनसिंह थापाको चौंथो कृति ‘मेरो ‘मधुशाला’ उपन्यासले समाजमा मद्यपानले पारेको प्रभावको सजीव चित्रण रहेको टिप्पणी साहित्यकारले गरेका छन्।

आज यहाँ आयोजित ‘मेरो ‘मधुशाला’ उपन्यास सार्वजनिकिकरण एवम् अन्तर्संवाद कार्यक्रममा समीक्षकहरुले मध्य र सुदूरपश्चिमको समाज, भाषा, संस्कृति र सभ्याताको चित्र उपन्यासमा भेटिने बताए।

उनीहरुले उपन्यास भाषा र साहित्यका दृष्टिले उत्कृष्ट रहेको बताए।

साहित्यकार नयनराज पाण्डेले नेपाली समाज सर्जकहरुका लागि स्वर्ग रहेको भन्दै यसको सदुपयोग हुनुपर्ने बताए। भने, 'युरोप, अमेरिकामा नयाँ कथा र परिवेश पाउन सकिँदैन सबै कृतिमता छ, नेपालमा प्रत्येक पाइलामा नयाँ कथा र पात्र भेटाउन सकिन्छ।'

साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लले बढ्दो उमेरकाबीच साहित्यकार थापाको निरन्तर कृति प्रकाशनप्रति बधाई दिँदै त्यसलाई निरन्तरता दिन आग्रह गरे।

लेखक थापाले उपन्यासका प्राय कथा आफ्नै जीवन भोगाइ र दृश्य देखाइका घटना भएको बताए। आफूले मद्यपान नगरे पनि समाजको त्यो अध्यारोपाटोलाई आफूले नजिकबाट नियालेका आधारमा यो कृति तयार भएको उनको भनाइ छ ।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य रु ४५४ रहेको छ। साहित्यकार थापाको यसअघि ‘सोह्र सौगात’ कथा सङ्ग्रह्र, ‘कर्णालीको छेउछाउ’ उपन्यास, ‘पूर्खाको चिठी’ उपन्यास प्रकाशित भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell