PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पोखरा महानगर प्रमुख, उपप्रमुखसहित एमाले २२ र कांग्रेस ११ वडामा विजयी



रासस

पोखरा महानगर प्रमुख, उपप्रमुखसहित एमाले २२ र कांग्रेस ११ वडामा विजयी

पोखराः पोखरा–लेखनाथ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमाले २२ र नेपाली कांग्रेस ११ वडाका अध्यक्षमा विजयी भएका छन्। 

एमालेकातर्फबाट महानगर प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मञ्जुदेवी गुरुङ विजयी भएका छन् ।

एमालेले २० वडामा समूहसहित र दुई वडामा वडा अध्यक्ष जितेको छ । त्यस्तै, कांग्रेसले सात वडामा समूह र चार वडामा वडा अध्यक्ष जितेको छ। 

एमालेले समूह जितेका वडा नं मा १, ५, ७, १३, १४, १५ १६, १७, १८, १९, २०, २१, २४, २५, २६, २८, २९, ३०, ३१ र ३३ छन्। ती वडामा वडाध्यक्ष क्रमशः शारदा पराजुली, धनबहादुर नेपाली, रामचन्द्र बराल, लेखबहादुर तामाङ, प्रेम कार्की, प्रकाश पौडेल, जीवनप्रसाद आचार्य, तीर्थराज अधिकारी, रणबहादुर थापा, शोभामोहन पौडेल, सिम गुरुङ, खगराज आचार्य, ओमप्रसाद सुवेदी, शोभाखर तिमिल्सिना, नारायणप्रसाद बराल, निर्मल दियाली सुनार, चेतबहादुर गुरुङ, श्रीराम पोखरेल, कमलबहादुर थापा र शिवप्रसाद आचार्य छन्। त्यस्तै मिश्रित मतपरिणाममा वडा नं ८ मा रुद्रनाथ बराल र २२ मा मित्रराल बराल एमालेकातर्फबाट वडा अध्यक्षमा विजयी भएका छन्। 

त्यस्तै, कांग्रेसले वडा नं २, ३, ४, ९, १०, २३ र २७ मा समूहसहित वडा अध्यक्ष जितेको छ। ती वडामा क्रमशः रामेश्वर मल्ल, रवीन्द्रबहादुर प्रजु, शङ्करप्रसाद कोइराला, रामराज लामिछाने, राजकुमार गुरुङ, विष्णुप्रसाद पराजुली र पूर्णकुमार गुरुङ वडा अध्यक्षमा निर्वाचित भएका छन्। 

कांग्रेसले मिश्रित मतपरिणाममा जित हासिल गरेका वडा नं ६ मा जगतबहादुर पहारी, ११ मा मोहनप्रसाद बास्तोला, १२ मा रामबहादुर कार्की र ३२ मा अक्कलबहादुर कार्की छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell