PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रुपन्देहीमा तेस्रोलिङ्गीद्वारा उम्मेदवारी घोषणा



रासस

रुपन्देहीमा तेस्रोलिङ्गीद्वारा उम्मेदवारी घोषणा

तिलोत्तमा : यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जिल्लाका तीन तेस्रोलिङ्गीले उम्मेदवारी दिने घोषणा गरेका छन्।

बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र देवदह नगरपालिकाका विभिन्न वडामा तेस्रोलिङ्गीले उम्मेदवारी दिनेछन्। नीलहिरा समाजको आयोजनामा शुक्रबार बुटवलमा भएको पत्रकार सम्मेलनमा वडा सदस्यमा बुटवल–८मा सन्तु पुन, तिलोत्तमा–८ मा आनिक राना र देवदह–१० मा विपुल बस्नेतले उम्मेदारी दिने निर्णय भएको जानकारी गराइएको छ।

रुपन्देहीमा संविधानसभाको चुनावमा समेत उम्मेदवार बनेका आनिक राना र सन्तु पुनले ठूला दलले आफूहरुलाई ठाउँ नदिएकाले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिने तयारी भएको बताए। नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य यज्ञ पोखरेलले तीनै जनालाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको बताउए।

तिलोत्तमा–८मा वडा सदस्यका उम्मेदवार रानाले स्थानीय निकायमा तेस्रोलिङ्गीको अधिकार कागजमा लेखिए पनि व्यावहारिक व्यवस्था गर्नका लागि आफूहरुले उम्मेदवारी दिने बताए।

यसअघि नेपाल जनमुक्ति पार्टीमा आबद्ध रानाले संविधानसभाको चुनावमा रुपन्देही –३ बाट प्रतिप्रस्पर्धा गरेका थिए।

यस्तै स्वतन्त्र रुपमा रुपन्देही–४ मा पुनले पनि संविधानसभाको सदस्यमा चुनाव लडेका थिए।

हाल रुपन्देहीमा तेस्रोलिङ्गी र समलिङ्गीको सङ्ख्या करिब छ हजार रहेको समाजको जिकिर छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell