PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चाँगुनारायणको दुई वडामा एमाले विजयी



रासस

चाँगुनारायणको दुई वडामा एमाले विजयी

भक्तपुर : मतगणना रोकिएको ६ दिनपछि सहमतिका आधारमा पुनःमतगणना भएको चाँगुनारायण नगरपालिकाका दुई वडामा नेकपा (एमाले)को समूह विजयी भएको छ।
 

आज बिहान सार्वजनिक भएको मतपरिणामानुसार चाँगुनारायण-४ मा बुद्धलाल महर्जनको समूह विजयी भएको छ। महर्जनले एक हजार २६९ मत प्राप्त गरे। उनका निकटतम प्रद्विन्द्वी नेपाली कांग्रेसका गोपाल पोखरेलले ८९९ मत प्राप्त गरे।
 

विजयी हुने महिला सदस्यमा सपना तामाङ, दलित महिला सदस्य राममाया मिजार तथा खुला सदस्यमा रोजबहादुर तामाङ र दिनेश खनाल छन्।
 

चाँगुनारायण-३ मा एमालेका श्यामसुन्दर धिमालको समूह विजयी भएको छ। महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार तथा सदस्यमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी भएका छन्।
 

नगरप्रमुखमा एमालेका उम्मेदवार सोम मिश्रले अग्रता लिएका छन्। मिश्रले तीन हजार ७१४ मतले प्रापत् गरेका छन् भने कांग्रेसका राजाराम खड्काले तीन हजार ३६६ मत ल्याई पछ्याइरहेका छन्।
 

त्यसैगरी उपप्रमुखमा भने काँग्रेसकी सरु बानियाँले तीन हजार ८६० मत प्राप्त गरी अग्रता लिएकी छिन्। एमालेकी विना बास्तोलाले तीन हजार ८२४ मत प्राप्त रेकी छिन्।

मतगणना अहिले जारी छ।

यसअघि वडा नं ३ र ४ को मतगणनाका क्रममा गणक कर्मचारीले कांग्रेस र नेमकिपाको मत एमालेको उम्मेदवारका नाममा जोडेर धाँधली गरेको भन्दै एमालेबाहेकका दलले ६ दिनसम्म मतगणना रोकेका थिए।
 

६ दिनपछि पुराना कर्मचारी सबैलाई हटाएर नयाँ कर्मचारी राखी पुनःमतगणना सुरु भएपछि भने एमालेबाहेकका दलको आरोप झुटो भएको र उल्टै दुवै वडामा एमालेका उम्मेदवारको मत बढेको एमालेका नेता श्रीभक्त कासिछ्वाले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell