PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

न्यूह्यामसर नेपाली समाजमा गुरुङ



पहिलोपोस्ट

न्यूह्यामसर नेपाली समाजमा गुरुङ

न्यूह्यामसर : अमेरिकाको न्यूह्यामसर राज्यमा लामो समयदेखि स्थापित नेपालीहरुको छाता संस्था न्यूह्यामसर नेपाली समाजको अध्यक्षमा सोम गुरुङ चयन भएका छन्। समाजको हालै सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि गुरुङसहित अन्य पदाधिकारी निर्विरोध चयन गरेको हो।

सन् २०१७-२०१९ कार्यकालका लागि निर्वाचित अन्य पदाधिकारीमा उपाध्यक्ष शान्ता विष्ट, महासचिव राम भण्डारी, कोषाध्यक्ष कमल ढुंगाना र सह–सचिव माधव गुरुङ छन्। यस्तै कार्य समिति सदस्यमा कुमार भट्टराई र दिल गुरुङ निर्विरोध निर्वाचित भएका छन्। समाजको निवर्तमान अध्यक्षमा रविन थापा छन्। बाँकी पदाधिकारी र सदस्यहरु सबै क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्वहुने गरी नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने जनाइएको छ।

निर्वाचित भएपछि अध्यक्ष गुरुङले राज्यमा बसोबास गर्ने सबै नेपालीहरुलाई समेट्दै अन्य गैर नेपाली समुदायसँग समेत सम्बन्ध विस्तारमा आफुले जोड दिने बताए। सभाले स्थानीय समाजसेवी इश्वरी भट्टलाई न्यूह्यामसर नेपाली समाजको आपतकालीन राहत कोष संयोजकको रुपमा चयन समेत गरेको छ। संयोजक भट्टले कोषका बाँकी सदस्य मनोनित गर्नेछन्।

सन् २०१० मा स्थापित समाजले राज्यमा बसोबास गर्ने नेपाली समुदाय लाभान्वित हुने विभिन्न कार्यक्रम गर्दै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell