PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'प्रेमिकाले छाड्दा भन्दा प्रचण्डले राजीनामा दिँदा पीडा'



आकाश क्षेत्री

'प्रेमिकाले छाड्दा भन्दा प्रचण्डले राजीनामा दिँदा पीडा'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार राजीनामा दिए। राजीनामा दिँदै गर्दा प्रचण्डले सरकारले गरेका काम कारवाहीबारे ब्याख्या गरे। अनि उनले कांग्रेससँग भएको समझदारीका आधारमा राजीनामा दिएको बताए।
 
प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु विभिन्न टिकाटिप्पणी गरे। केहीले प्रचण्डलार्इ गाली गरे भने केहीले ताली बजाउँदै राजीतिकि इमान्दारिता देखाएको बताए। 

माइक्रो ब्लगिङ साइट ट्वीटरमा प्रमोद राजीनामा दिनु प्रधानमन्त्री प्रचण्डको बहादुरी हुन नसक्ने बताउँछन्। प्रमोद लेख्छन्,‘पहिल्यै तोकिए बमोजिम राजीनामा दिनु कुन बहादुरी हो ? यहाँ केही हनुमानहरु प्रचण्डले विश्वयुद्ध १,२ जिते जस्तै गरी बधाई र वाहीवाही गर्दैछ्न्।' 
 

पहिल्यै तोकिए बमोजिम राजिनामा दिनु कुन
बाहदुरी हो? यहा केहि हनुमानहरु प्रचण्ड ले
बिस्श युद्ध १,२ जिते जस्तै गरि बधाई र वाही
वाही गर्दैछ्न।

— प्रMOद (@Bhattarai977) May 25, 2017

तर खड्का जी नामका ट्वीटर प्रयोगकर्ता नेपालको राजनीति र समाजमा नैतिकताको खडेरी परेको भन्दै यस्तो समयमा प्रचण्डको राजीनामा पनि तारिफ गरेका छन्।  उनी लेख्छन्, ‘नेपाली राजनीति या समाजमै पनि नैतिकताको खडेरी परेको समयमा प्रचण्ड ज्युले चाल्नुभएको कदम तारिफयोग्य छ।  

नेपाली राजनिती या समाज मै पनि नैतिकताको खडेरी परेको समयमा प्रचण्ड ज्युले चाल्नुभएको कदम तारिफ योग्य छ ।

— खड्का जि ! (@vjaakash) May 25, 2017


डाँफे नाम भएका ट्वीटर प्रयोगकर्ताले देशलार्इ सफल नेत्तृत्व दिन नसक्ने प्रधानमन्त्री प्रचण्ड कसरी सफल प्रधानमन्त्री भए भन्ने प्रश्न गर्छन्। उनले प्रचण्डले प्रधानमन्त्री पद शेरबहादुर देउवालार्इ दिन लागेको अनुमान लगाउँदै उनी लेख्छन्, ‘राजीनामासँगै प्रम पद देउवालाई सुम्पिँदै गर्दा देशलाई सफल नेतृत्व दिन नसक्ने प्रचण्ड कसरी सफल प्रम हुन सक्छन्?'
 

राजिनामा सँगै प्र.म पद देउवालाई सुम्दिँदै गर्दा देशलाई सफल नेतृत्व दिन नसक्ने प्रचण्ड´ कसरी सफल प्र.म हुन सक्छन्?

— ;-) डाँफे™ (@Kho_Osi) May 25, 2017

प्रचण्डले देशमा आमुल परिर्वतन गरेका छन् भन्ने किसिमको धारणा ट्वीटर प्रयोगकर्ता विष्णुराज जोशीले राखेका छन्। लोडसेडिङको अन्त्य, स्वास्थ्य सेवामा सुधार, बन्द उद्योग संचालनलाई प्रचण्ड सरकारको उपलब्धि मानेका उनी लेख्छन्,‘लोडसेडिङ अन्त्य, स्वास्थ्यसेवामा सुधार, बन्द उद्योगको सन्चालनलाई प्रचण्ड सरकारका उपलव्धि मान्न सकिन्छ।'
 

लाेड सेडिङ काे अन्त्य,स्वास्थसेवा मा सुधार,बन्द उध्योग को सन्चालन लाई प्रचण्ड सर्कार का उपलब्धी मान्न सकिन्छ ।

— bishnu raj joshi (@Bishnu10_Missil) May 25, 2017
पोख्रेल नामका ट्वीटर प्रयोगकर्ताको धारणामा प्रचण्ड सरकारको राजीनामा नभएर करार नविकरण भएको हो। उनी लेख्छन्,‘राजीनामा हो र? करार नवीकरण नभएको हो जस्तो लाग्छ प्रचण्डजीको।'
 

राजीनामा पछि प्रचण्ड नायक बनाए।उनले सत्ता किन छोडे, स्वार्थ पछि आउला।साचै नैतिक छ भने उनको पार्टीको अधोगतिको कारण अध्यक्षवाट राजीनामा दिउन्।

— Dinesh (@alerteye) May 25, 2017
सुभयात्रा कान्छो नामका ट्वीटर प्रयोगकर्ता प्रचण्डले राजीनामा दिएकोले आफूलार्इ धेरै पीडा भएको महसुस गर्दै लेख्छन्, ‘प्रेमिकाले छोड्दा भन्दा धेरै पीडा त प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा भएको छ।’

प्रेमिकाले छोड्दा भन्दा धेरै पिडा त
प्रचन्ड प्रधानमन्त्री पदबाट राजीनामा
दिदा भाछ 😐😆

— सुभ यात्रा कान्छो 🌹 (@timro_kamlu) May 24, 2017

यदि प्रचण्डमा नैतिक छन् भने पार्टीबाट राजीनामा दिन भन्दै दिनेश लेख्छन्, ‘राजीनामा पछि प्रचण्ड नायक बनाइए। उनले सत्ता किन छोडे, स्वार्थ पछि आउला। साच्चै नैतिक छन् भने उनको पार्टीको अधोगतिका कारण अध्यक्षबाट राजीनामा दिइयोस।’
 

राजीनामा पछि प्रचण्ड नायक बनाए।उनले सत्ता किन छोडे, स्वार्थ पछि आउला।साचै नैतिक छ भने उनको पार्टीको अधोगतिको कारण अध्यक्षवाट राजीनामा दियोस।

— Dinesh (@alerteye) May 25, 2017



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell