PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फलो अप : गाउँपालिकाकी कान्छी उपाध्यक्षको योजनालाई नेपाल टेलिकमको साथ



सविन ढकाल

फलो अप : गाउँपालिकाकी कान्छी उपाध्यक्षको योजनालाई नेपाल टेलिकमको साथ

काठमाडौः 'सर नमस्कार। सविनजी बोल्नु भएको हो?'

'म बोल्दै छु,' मैले जवाफ दिए।

'म नेपाल टेलिकमबाट दिनेश रेग्मी बोल्दैछु।' 

मसँग बोल्ने यिनी मेरा लागि अपरिचित नै थिए। 

'तपाईँले सिन्धुपाल्चोक जिल्लाको गाउँपालिकाकी उपाध्यक्षको समाचार बनाउनु भएको रहेछ, राम्रो लाग्यो।' 

मैले प्रतिउत्तर दिए, 'धन्यवाद।'

'उहाँले आफ्नो गाउँमा दुरसञ्चारको टावर नभएर पहिलो प्राथमिकतामा टावर पुर्‍याउने बताउनुभएको रहेछ। त्यसैले केही सहयोग गर्नुपर्यो‍ भनेर हो। उहाँसँग सम्पर्क गराइदिन सक्नुहुन्छ?
 
समाचार प्रकाशित भएको ३० मिनेटमा आएको थियो त्यो कल। एउटा पत्रकारका लागि आफ्नो समाचारले कुनै क्षेत्र, वर्गको हित हुन्छ भने त्यो भन्दा खुशीको कुरा के होला र?
 
ल्यान्ड लाइनबाट आएको फोन कल सुरुमै विश्वास गरेर कसैलाई नम्बर दिनु उपयुक्त लागेन। 'तपाईँको प्राइवेट नम्बरबाट एसएमएस गर्नुस्। म सम्पर्क गराइदिन्छु।'
 
'हस्' भन्दै उनले फोन राखे। 

फोन राखे लगत्तै एउटा नम्बरबाट म्यासेज आयो। नम्बर चेक गरेँ, परीक्षण पनि भ्याएँ। फोन गर्ने ब्यक्ति नेपाल टेलिकमका प्रशासन प्रमुख नै रहेछन्। त्यसपछि २४ वर्षकी गाउँपालिका उपाध्यक्ष सृजनालाई जानकारी गराएर उनकै स्वीकृतिमा नम्बर दिएँ। तत्कालको रेस्पोन्सले सृजना दङ्ग थिइन्।

दुई निकायबीच ब्रिजिङ गर्ने काम मिडियाको हो, पहिलोपोस्टबाट त्यो पूरा हुँदै थियो। उनीहरु दुईबीच कुराकानी पनि भयो। टावर राख्ने प्रकृया अब सुरु हुने जानकरी सृजनाले हामीलाई दिइन् खुशीका साथ।
 
एउटा सानो समाचारले सरोकारवाला निकायबीच कसरी समन्वय गर्न सक्छ भन्ने मेरालाई राम्रो शिक्षा पनि बन्यो। र, रिक्त रहेको स्थानीय तह भरिँदासाथ परिवर्तनका सम्भावनाहरु कसरी अगाडि बढ्छ भन्ने पनि देखियो।

हौसलाका साथ केही गर्छु भनेर सानै उमेरमा गाउँपालिकाको उपाध्यक्ष बनेकी सृजना र उनको योजनालाई साथ दिने तत्पर टेलिकमका अधिकारीलाई दुवैलाई धन्यवाद र वधाई। 

उनीमाथि पहिलोपोस्टले गरेको स्टोरी पढ्न यहाँ क्लिक गर्नुस्
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell