PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते



पहिलोपोस्ट

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

लहान : सिरहाको भगवानपुर गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। 

राति १० बजेतिर स१त २९७३ नंको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार भगवानपुर गाउँपालिका–५ निवासी १७ वर्षीय अमर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा ट्याक्टरमा सवार भगवानपुर गाउँपालिका–५ कै १६ वर्षीय शिवनारायण मण्डल गम्भीर घाइते भएका छन्। 

दुर्घटनामा परी गम्भीर घाइते भएका शिवनारायण र अमरलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै अमरको मृत्यु भएको इप्रका, लहानले जनाएको छ। घाइते शिवनारायणको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell