PahiloPost

Jul 23, 2017 | ८ साउन २०७४

बदर मत कम गर्न यस्ता छन् निर्वाचन आयोगका ११ तयारी


रमेश वाग्ले/पहिलोपोस्ट

बदर मत कम गर्न यस्ता छन् निर्वाचन आयोगका ११ तयारी

काठमाडौं : स्थानीय तह निर्वाचनको पहिलो चरणको परिणाम करिव अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म मत गणना भइसकेका स्थानका आधारमा हेर्दा तुलनात्मक रुपमा धेरै मत बदर भएको छ। स्वयम् निर्वाचन आयोगले पनि मत पत्र जटिल भएका कारण मत बदर हुन सक्ने भन्दै सजग भएर मतदान गर्न आह्वान गरिरहेको छ।

आयोग आफैले मतपत्रमा जटिलता रहेको स्वीकार गरे पनि त्यसलाई सच्याउन सम्भव नभएको भन्दै त्यसमा नै कम त्रुटी हुनेगरी मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने तयारी गरेको छ। दोस्रो चरणमा ४१ जिल्लाका ९० लाख ९८ हजार चार सय ८१ मतदातालाई निर्वाचन आयोले त्रुटी नहुने गरी मतदाता शिक्षा पुर्‍याउने तयारी गरेको छ।

त्यसका लागि के के गर्दैछ आयोग? आयुक्त इश्वरीप्रसाद पौडेलको भनाईमा।
 

१. जेठ पाँच गतेदेखि नै प्रत्येक मतदान केन्द्रमा एक जनाका दरले पुग्ने गरी मतदाता शिक्षा कार्यकर्तालाई आयोगले काममा खटाएको छ।

२. पहिलो चरणमा मतदाता शिक्षा प्रभावकारी नभएका कारण मतदाता शिक्षा कार्यकर्तालाई प्रत्येक घरमा पुगेर मतादाता शिक्षा दिन र घरमूलीको हस्ताक्षर समेत ल्याउन निर्देशन दिइएको छ।

३. मतदाता शिक्षा दिने प्रशिक्षकहरुलाई प्रत्येक उच्च मावि र क्याम्पसमा मतदाता शिक्षाबारे अन्तरक्रिया गराउने।

४. प्रत्येक जिल्लाका पाँच ठाउँमा नमूना मतदान कार्यक्रम संचालन गर्ने।

५. मतदान कसरी गर्ने कसरी गर्‍यो भने बदर हुन्छ? भन्नेबारे सडक नाटक संचालन गर्ने।

६. प्रतिष्ठित कलाकारबाट मतदान गर्ने विधि टेलिभिजन मार्फत देखाउने।

७. आयोगले तयार पारेको मतदान गर्ने विधि सम्बन्धि भिडियो लोकप्रिय टेलिभिजन कार्यक्रमबीचमा प्रसारण गर्ने।

८. आयोगले तयार पारेको भोट हाल्ने विधिसहितको भिडियो स्थानीय टेलिभिजनबाट पनि प्रसारण गर्ने।

९. जेठको २८, २९ र ३० गते मतदाता परिचयपत्र वितरण गर्दा पनि मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम पनि संचालन गर्ने।

१०. मतदातनको दुई दिनअघि मतदान केन्द्रमा सक्कल मतपत्र टाँस्ने।

११. दुई लाखभन्दा बढी पाठक भएका अनलाईनमा भिडियो तथा सूचनासहितका 'स्पोन्सर एड' प्रकाशन प्रसारण गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal