PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बानियाँटारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु



पहिलोपोस्ट

बानियाँटारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ : बानियाँटारमा आज बिहान ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ। 

बिहान ५ बजेतिर बाटामा हिँडिरहेको अवस्थामा तीव्र गतिमा आएको मिनीट्रकले ठक्कर दिँदा तनहुँ व्यास नगरपालिका घर भई हाल बानियाँटार बस्दै आएका ३५ वर्षीय ऋषिराम पण्डितको मृत्यु भएको हो। 

उनलाई बा २ ख ५७३० नंम्वरको मिनीट्रकले ठक्कर दिएको स्थानीयवासी मधुसूदन ढकालले जानकारी दिए। ढकालका अनुसार ट्रक र चालकलाई अहिले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले नियन्त्रमा लिएको छ। घटनाको विरोधमा अहिले बानियाँटार क्षेत्रमा चल्ने सवारीसाधनलाई समेत चल्न रोक लगाइएको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell