PahiloPost

Jul 22, 2017 | ७ साउन २०७४

निलम्बनबाट फर्किएपछि प्रधानन्यायाधीश सुशीला कार्कीको पहिलो इजलास आज, यस्तो छ विषय


काठमाडौँ : वैशाख २२ गते चोलेन्द्रशमशेर जबराको अन्तरिम आदेशले प्रधान न्यायाधीश सुशीला कार्कीको निलम्बन फुकुवा गरेपछि आज पहिलो पटक उनले न्यायाधीश सपना प्रधान मल्लसहितको संयुक्त इजलासमा आफू बस्ने गरी तोकेकी छिन्। 

सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदहरुले वैशाख १७ गते महाभियोग प्रस्ताव दर्ता गरेपछि उनको पद निलम्बनमा परे पनि ६ दिनपछि फुकुवा भएपछि उनी नियमित काममा फर्केकी थिइन्। 

त्यसयता उनले अरु न्यायाधीशहरुको इजलास तोके पनि आफै इजलासमा बसेर मुद्दा हेर्ने काम भने गरेकी थिइनन्। 

आज भने चैत ७ गतेको पेशीमा न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र सारदाप्रसाद घिमिरेले दिएको आदेशको 'साधसोध पेशी'मा उनले आफूसहितको इजलास तोकेकी हुन्। 

तर उनी मुद्दाको फैसला वा आदेश दिने इजलासमा बसेकी भने होइनन्। 

सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायका अनुसार यो इजलास विगतमा भएको आदेशको भाषा वा केही सामान्य गल्ती संशोधनका लागि बसेको हो। 

'संशोधनको इजलास हो, मुद्दा हेर्ने होइन', उपाध्यायले भने, 'मुद्दाको पेशी हेर्ने, छिन्ने होइन, मुद्दामा कहिले कसको के नाम नमिल्ने, के ठेगाना नमिल्ने हुन्छ नि! त्यसको 'इरर'हरु संशोधन गर्ने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal