PahiloPost

Apr 22, 2018 | ९ बैशाख २०७५

शुक्रबार रातिसम्म चार महानगर : पोखरा र काठमाडौँमा एमालेको अग्रता, ललितपुरमा कांग्रेसको, भरतपुरमा गणना स्थगित


शुक्रबार रातिसम्म चार महानगर : पोखरा र काठमाडौँमा एमालेको अग्रता, ललितपुरमा कांग्रेसको, भरतपुरमा गणना स्थगित
काठमाडौँ : शुक्रबार रातिसम्म देशका चार महानगरमध्ये ललितपुरमा कांग्रेसको अग्रता छ भने पोखरा र काठमाडौँमा एमाले अगाडि छ। भरतपुरमा भने विवादका कारण मतगणना स्थगित भएको छ। 

काठमाडौँ महानगरपालिकामा राति १० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले) को अग्रता कायमै छ। 

प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य १२ हजार ६८३ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका राजुराज जोशीले आठ हजार ७३१ मतले पछ्याइरहेका छन्। 

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले पाँच हजार ६१ मत र साझा पार्टीका किशोर थापाले तीन हजार ९०८ मत पाएका छन्। 

त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले ११ हजार ५७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले छ हजार ७०३ मत प्राप्त गरेकोे मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए। काठमाडौँ महानगरपालिकामा हालसम्म ३८ हजार १८५ मतगणना भएको छ। 

कानपा वडा २८ मा काँग्रेस विजयी 
काठमाडौँ महानगरको वडा नम्बर २८ का वडा अध्यक्षमा भाइराम खड्की विजयी भएका छन्। उनले एक हजार छ मत प्राप्त गरे। खुला वडा सदस्यमा काँग्रेसकै गौतम राजबाहक र अर्का खुला सदस्यमा एमालेका देवेन्द्र खड्की विजयी भए। महिला सदस्यमा काँग्रेसकी सुनिता तन्डुकार, दलित महिलामा ललिता कार्की थली विजयी भए। यस वडामा दुई हजार ९७६ मत खसेको थियो।

पोखरा लेखनाथ महानगरपालिकामा भइरहेको मतगणनामा शुक्रबा रातिसम्म मेयर पदमा एमालेका मानबहादुर जिसीले १४ हजार ७ सय ४६ मत प्राप्त गरेका छन्। काँग्रेसका उमेदवार रामजी कुँवरले १४ हजार १ सय ९६ मत ल्याएर जिसीलाई पछ्याएका छन्। त्यसैगरी उपमेयरमा एमालेकी मन्जु गुरुङले १३ हजार ७ सय ७१ मत ल्याएकी छन् भने काँग्रेसकी सरस्वती गुरुङले १३ हजार १ सय ८४ मत ल्याएकी छन्।

त्यसैगरी मेयरका प्रत्यासीहरु राप्रपाकी गीतागुरुङले ७ सय ५० र संघीय समाजवादी फोरमका होम गुरुङले १हजार २ सय १७ मत ल्याएका छन्। ३३ वडा रहेको पोखरा महानगरमा ९ वटा वडाको मतगणना सम्पन्न भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट