PahiloPost

Jul 22, 2017 | ७ साउन २०७४

दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहको संख्या थपमा विवाद, बालुवाटार बैठकमा के भयो?


दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहको संख्या थपमा विवाद, बालुवाटार बैठकमा के भयो?
काठमाडौँ : पहिलो चरणको निर्वाचन सफलताका सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचनसमेत सहजतापूर्वक सम्पन्न गर्न दलहरुले प्रयास थालेका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा  काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, राजपा नेपालका नेताहरुबीच छलफल भयो।

छलफलमा दलीय अडान कायम भएपनि सकरात्मक निष्कर्षका लागि स‌ंवादलाई निरन्तरता दिने सहमति भएको एमाले उपाध्यक्ष भीम रावलले बताए।

'दलहरुको आ -आफ्नै एजेण्डा कायमै छन्। संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धि लगायतका विषयमा सहमति जुटाउन पुनः छलफल गर्ने समझदारी भएको छ,' रावलले भने।  

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचन अघि स्थानीय तहको संख्या  थप गर्ने प्रस्ताव गरेका छन्।  

एमालेले भने सरकारले चुनाव गर्न नचाहेकाले संख्या बढाउने प्रस्ताव ल्याएको भन्दै ठाडै अस्वीकार गरेको छ।

स्थानीय तहको संख्या बढाउने विषयमा प्रमुख प्रतिपक्षी दलसँग समेत सल्लाह गरेर थप्ने भन्ने सहमति भए पनि सरकारले एकलौटी ढंगले कार्यदल गठन गरेर संख्या थप्न खोजेकोले आफूहरुलाई स्वीकार्य नभएको रावलले बताए। 

सरकारले संघीय मामिला मन्त्रीसमेत रहेका उपप्रम विजयकुमार गच्छदारको संयोजकत्वमा स्थानीय तह थपसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal