PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कति सुरक्षित छ तपार्इंको कम्प्युटर ? यसरी बचाउनुस् कम्प्युटर र डाटा



पहिलोपोस्ट

कति सुरक्षित छ तपार्इंको कम्प्युटर ?  यसरी बचाउनुस् कम्प्युटर र डाटा

विश्वभरी नै भएको साइवर आक्रमणपछि धेरै संघ संगठन, संस्था, कम्पनी र आममानिस साइवर हमलाबाट कसरी आफ्नो कम्प्युटरलार्इ बचाउने भन्ने कुरा सोचिरेका छन्।

रेनसमवेयरको अरु मामला नजिक आउन सक्छ भनेर विशेषज्ञहरुले अनुमान पनि लगाएका छन् । रेनसमवेयर एक यस्तो प्रोग्राम हो, जसले कम्प्युटरको कुनैपनि फाइल लक गर्नसक्छ । लक भएपछि बिना फिरौती फाइल खोल्न सकिंदैन।  

यूरोपियन यूनियनको प्रहरी यूरोपोलका अनुसार रेनसमवेयर नयाँ कुरा होइन, तर,‘वानाक्राइ’ भाइरसको यो हमला अप्रत्याशित हो। 

केही दिन अघिमात्र यस भाइरसले विश्वका १सय ५० देशमा २ लाख भन्दा बढीलार्इ आफ्नो शिकार बनाएको थियो। साइवर हमलापछि जब मानिसले एकैपटक धेरैमात्रामा कम्प्युटर खोल्न थाल्छन् त्यसपछि आक्रमण झन् बढ्ने अनुमान गरिएको छ। 

कति सुरक्षित छ तपार्इंको कम्प्युटर ?

‘वानाक्राइ’ भाइरस केवल त्यस्ता कम्प्युटरहरुलार्इ आफ्नो शिकार बनाउँछ जो विन्डोज अपरेटिङ्ग सिस्टममा चल्छन्।

यदि तपार्इँ विन्डोज अपडेट गर्नुहुन्न तर,  र्इमेल चलाउनु हुन्छ भने तपार्इँको कम्प्युटरलार्इ खतरा हुन सक्दछ। तथापि घरेलु काममा प्रयोग गरिने कम्प्युटरमा यसरी अनेपेक्षित खतरा कम हुन्छ। 

तपार्इं आफ्नो सिस्टम अपडेट गर्नका लागि एन्टिभाइरसको प्रयोग गरेर आफ्नो कम्प्युटरलार्इ सुरक्षित राख्न सक्नुहुन्छ। 

तपार्इं आफ्नो कम्प्युटरमा इमेल चलाउँदा धेरै चनाखो हुन जरुरी छ आफ्नो डाटाको ब्याकअप नियमित रूपमा सन्तुलन राख्नुहोस्।
 
रेनसमवेयरको शिकार भएका मानिसले यो कुरा पहिल्यै बुझ्नुपर्ने हो कि के फिरौती बुझाएपछि पनि के कम्प्युटर अनलक हुन्छ ? 

कसरी हमला भयो ?

दोषी भाइरसको नाम वानाक्राइ हो। यसलार्इ वार्म नामका एक कम्प्युटर भाइरसको माध्यमबाट फैलाइएको अनुमान छ। 

भाइरस फैलिने मामलामा मानिस धेरै विश्वास गर्छन्। यसमा कुनै मेलको माध्यमबाट एक लिकंमा क्लिक गर्नका लागि उकास्ने गरिन्छ। 

एक पटक वानाक्राइ तपार्इंको कुनैपनि नेटवर्कको सिस्टममा प्रवेश भइहाल्यो भने शिकार बनाउन सक्ने मसिनहरुको खोजी गर्दछ। 

कसले गर्यो साइबर आक्रमण ?

अहिले कसले आक्रमण गर्यो भन्ने बारेमा पक्का जानकारी छैन तर,  केही जानकारहरुले भनेका छन् यो कुनै ठुलो सफ्टवयर होइन। 

साइबर चोरहरुका लागि रेनसमवेयर एक राम्रो हतियार हो। उनीहरुले यसलार्इ एक राम्रो पैसा कमाउने माध्यम बनाएका छन्।
 
भर्चुअल करेन्सी बिटक्वायनको माध्यमबाट सुरक्षा एजेन्सीहरुलाई अपराधी समक्ष पुग्न मुस्किल छ। 

बीबीसीको सहयोगमा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell