PahiloPost

Jul 23, 2017 | ८ साउन २०७४

सिन्धुलीको तीनपाटनमा विजय जुलुसमा ढुङ्गा प्रहार, ६ जना घाइते


रासस/पहिलोपोस्ट

सिन्धुलीको तीनपाटनमा विजय जुलुसमा ढुङ्गा प्रहार, ६ जना घाइते
सिन्धुलीः सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति नेकपा एमालेले निकालेको विजय र्यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने गम्भीर छ । 

घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ का शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी छन् । घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते भएका छन्।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीनपाटनको मतगणनास्थल लाम्पान्टारबाट निकालिएको विजय र्यालीमा ढुङ्गा प्रहार भएको थियो । वडा नं ८ मा नेकपा एमालेका रेखराज अधिकारी निर्वाचित भएपछि विजय र्याली निकालिएको थियो । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal